लागु औषध सहित एक जना भारतीय नागरिक पक्राउ

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको बेनी नगरपालिका–८ कालिपुलबाट एक जनालाई प्रहरीले लागू औषध सहित पक्राउ गरेको छ ।
भारतको पश्चिम बंगाल घर भई हाल पोखरा बस्ने २८ वर्षीय अलेमुन हकलाई लागू औषध खैरो हिरोइन सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक किरण लामाका अनुसार हकको साथबाट बरामद गरिएको खैरो हिरोईन जस्तो देखिने ६.५ ग्राम लागू पदार्थलाई परिक्षणका लागि प्रयोगशालामा पठाइएको छ ।
फागुन १६ गते साँझ पक्राउ परेका हकलाई म्याग्दी जिल्ला अदालतबाट अनुमति लिएर अनुसन्धानका लागि बुधबारदेखि ७ दिनको म्याद थपिएको छ । लागूऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गतको कसूरमा मुद्दा चलाउने प्रक्रिया अघि बढाइएको छ ।
म्याग्दीमा प्रहरीले केही दिनयता लागू औषध दूव्र्यसनी विरुद्धको अभियानले तिब्रता दिएको छ । गत हप्ता पर्वतको जलजला गाउँपालिका–३ वारीबेनीबाट पनि एक जना युवालाई लागू औषध सहित पक्राउ गरिएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...