सडक मानव व्यवस्थापनमा सघाउने म्याग्दीका सरोकारवालाहरुको प्रतिवद्धता

Gandaki Pardesh notice

बेनी । सडक मानव व्यवस्थापन, उद्दार र राहतका लागि म्याग्दीका सरोकारवालाहरुले ९ बुदे प्रतिवद्धतापत्र जारी गरेका छन् ।
सामाजिक विकास कार्यालय म्याग्दी र मानव सेवा आश्रम बाग्लुङले बिहिबार बेनीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमपछि मानवता प्रर्वद्धनका लागि प्रतिवद्धता जनाइएको हो । जनप्रतिनिधि, सरकारी, सुरक्षा निकाय, सामाजिक संघ संस्था र अगुवाहरुले म्याग्दीलाई सडक मानवमुक्त बनाउने प्रतिवद्धता जनाएका हुन् ।
तीन वटै सरकारको नीति तथा कार्यक्रम तर्जुमा गर्दा मानवता तथा मानव सेवाको विषयलाई महत्वका साथ समेट्ने, युवाहरुमा मानवीयता सम्बन्धी औपचारिक र अनौपचारिक शिक्षाको माध्यमबाट समेट्ने, मानवता र नैतिकताका विषयहरुको जोड दिने, पारिवारका सदस्यहरुको रेखदेखका लागि उपयुक्त व्यवस्था गर्नुपर्ने र समुदायमा जेष्ठ नागरिकहरु वि।ामस्थल बनाउन अन्य रचनात्मक गतिविधिमा सहभागी हुनका लागि आवश्यक व्यवस्था गर्ने प्रतिवद्धतापत्रमा उल्लेख गरिएको छ ।

Bhautik ministry notice about road


सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापाका अनुसार सार्वजनिक स्थलमा वा सडकमा कोही असहाय वा सहयोगापेक्षी व्यक्ति पेला परेमा सम्बन्धित पालिका, वडा र प्रहरीलाई सूचना गर्ने, जेष्ठ नागरिकहरुलाई उपचारको सहज व्यवस्था र असहाय एवम् वेवारिसे व्यक्तिहरुलाई आश्रमस्थलसम्म पु¥याउन सहयोग गर्ने, सबैखाले तालिम, कार्यक्रममा मानवता प्रर्वद्धनको विषय समावेश गर्ने, सार्वजनिक स्थान, विद्यालय तथा क्याम्पसहरुमा मानवता प्रर्वद्धन सम्बन्धी नाटक एवम् उत्प्रेरणात्मक कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता जनाइएको छ ।

Shreekrishna hardwear in news


कार्यक्रममा सहभागीहरुले गण्डकी प्रदेशलाई सडक मानव मुक्त घोषणा गरिएपनि त्यसको निरन्रता र आश्रयस्थल व्यवस्थापनको आवश्यकता औल्याएका थिए । गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले बागलुङ, पोखरा लगायत प्रदेशका विभिन्न ठाउँमा निर्माणाधिन मानव सेवा आश्रमको भवनलाई पूर्णता र सडक आश्रित सहयोगापेक्षी मानव उद्दार, पुनस्र्थापना तथा व्यवस्थापन कार्यविधिको कार्यान्वयनमा भूमिका खेल्ने प्रतिवद्धता जनाउनुभयो । वाइट
जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले गरिवि, अशक्तता, विपद्, कुरिति आदीका कारणले सडकमा पुगेका मानिसहरुको व्यवस्थापनको जिम्मेवारी राज्यले लिनुपर्ने बताउनुभयो । स्थानीय तहका प्रमुखहरुको तर्फबाट बेनी नगरपालिकाका प्रमुख सुरत केसीले मानव सेवा आश्रमको भवन बनाउन रु. ११ लाख बिनियोजन गरिएको जानकारी दिनुभयो ।
मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले सडक मानवको उद्दार र व्यवस्थापनसँगै पारिवारिक पुर्नमिलनमा जोड दिइएको बताउनुभयो । बागलुङमा रहेको मानव सेवा आश्रममा हाल ५५ जना आश्रित छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...