समाचारको विधा

स्थानीय

बेनीमा लागूऔषध सहित दुई जना पक्राउ

बेनी ः म्याग्दीको बेनीमा लागू औषध सहित दुई जना पक्राउ परेका छन् । बेनी नगरपालिका–७ मंगलाघाटका ३० वर्षीय युकेन श्रेष्ठ र बेनपा–९ का २७ वर्षीय बिशाल बिकलाई लागू औषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ ।

धौलागिरि चक्रीय पदमार्गमा पर्यटक र पथप्रर्दशक वेपत्ता

म्याग्दी, म्याग्दी र मुस्ताङ जोड्ने धौलागिरि चक्रीय पदमार्गमा पर्यटक र पथप्रर्दशक वेपत्ता भएका छन् । म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा रहेको धौलागिरि हिमालको आधार शिविर देखि मुस्ताङको थासाङ गाउँपालिका–१ मा पर्ने धम्पुस पिक जाने

श्रमदानबाट अर्जेखोलाको झोलुङ्गे पुल निर्माण

बेनी । म्याग्दीको बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–३ को सिमाना अर्जेखोलामा रहेको झोलुङ्गे पुलको स्थानीयबासीले श्रमदानबाट मर्मत गरेका छन् । बरंजाको न्यू स्टार युवा क्लवको अगुवाईमा स्थानीयबासीहरुले शनिबार श्रमदान गरेर पुल मर्मत गरेका

ताकममा निःशुल्क आँखा शिविर, तीन सय जना लाभान्वित

ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा शनिबार सम्पन्न निःशुल्क आँखा शिविरबाट तीन सय जना लाभान्वित बनेका छन् । म्याग्दी जेसीजको आयोजना र नेपाल नेत्रज्योति संघ आँखा उपचार केन्द्र म्याग्दीको प्राविधिक सहयोगमा आयोजित शिविरमा

पदयात्रीको ‘रिफ्रेस सेन्टर’ भुरुङ–तातोपानी

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ–तातोपानी कुण्डे ‘रिफ्रेस सेन्टर’को रूपमा विकास भएको छ । भुरुङ तातोपानी कुण्ड बेनी–जोमसोम सडक भएर मुस्ताङ जाने–आउने, अन्नपूर्ण चक्रीय र अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग

ताकम माविले देउसीभैलो खेल्ने

ताकम, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ मा रहेको ताकम माविले तिहार पर्व २०८२ को अवसरमा देउसीभैलोको आयोजना गरेको छ ।विद्यालयमा सञ्चालित प्राविधिक धारतर्फको इलेक्ट्रिकल इञ्जिनियरिङ विषयको स्तरोन्नतिका लागि आर्थिक सहयोग जुटाउने, देउसीभैलो

बेनीमा घरमै प्रसुति हुनेको संख्या शून्य

बेनी, ः म्याग्दीको बेनी नगरपालिकाले घरमा प्रसूति हुनेको संख्यालाई लगातार तेस्रो वर्ष शून्य अंकमा कायम राखेको छ । आर्थिक वर्ष २०७८÷०७९ यता बेनी नगरपालिकामा घरमा सुत्केरी हुने आमाहरुको संख्या शुन्य छ । घरमै बच्चा जन्माउँदा आमा र बच्चाको

निशूल्क दन्त शिविरबाट चार सय ५० जना लाभान्वित

बेनी ः म्याग्दीको मालिका गाउँपालिका–४ फुलबारीमा सम्पन्न निशूल्क दन्त शिविरबाट चार सय ५० जना लाभान्वित भएका छन् ।असोज २४ देखि २७ गतेसम्म फुलबारीको पुरुषोत्तम आधारभूत विद्यालयमा हिमालयन परियोजना नेपालको संयोजन र छहारी युवा क्लवको आयोजनामा

कास्की र म्याग्दीको सिधा यातायात सम्बन्ध स्थापित

घोडेपानी ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानी र कास्कीको अन्नपूर्ण गाउँपालिका–९ को उल्लेरी सडक सञ्जालमा जोडिएसँगै गण्डकी प्रदेशको कास्की र म्याग्दी जिल्लाको सिधा यातायात सम्बन्ध स्थापित भएको छ । म्याग्दीको अन्नपूूर्ण

सिंगा तातोपानीमा स्नान गर्नेको भिड

बेनी, ः म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको सिंगा तातोपानीका होटल तथा होमस्टेहरु केही दिनयता भरिभराउ भएका छन् । तातोपानी कुण्डमा स्नानका लागि देशका विभिन्न ठाउँबाट आएका पाहुनाहरुले त्यहाँका होटल र होमस्टे भरिएका हुन् । तातोपानीका होटल