समाचारको विधा

मुख्य खबर

म्याग्दीको मालिका– १ निस्कोटमा काँग्रेस विजयी

बेनी, म्याग्दीको मालिका गाउँपालिका–१ मा नेपाली काँग्रेसका उमेद्वार विजयी भएका छन् । स्थानीय तह निर्वाचनको मतगणनाको पहिलो पटक मालिकाको परिणाम सार्वजनिक भएको हो । नेपाली काँग्रेसका वडा अध्यक्षका उमेद्वार टंकप्रसाद पुनले ४६२ मत प्राप्त

मुस्ताङको घरपझोङमा काँग्रेसका उमेद्वार दुई मतले विजयी

जोमसोम । मुस्ताङको घरपझोङ गाउँपालिकाको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एकिकृत समाजवादीको गठवन्धनका उमेद्वार विजयी भएका छन् । गठवन्धनको तर्फबाट गाउँपालिकाको अध्यक्षको उमेद्वार वनेका नेपाली

बेनी र रघुगंगामा मतगणना शुरु

म्याग्दी, । म्याग्दीको बेनी नगरपालिका र रघुगंगा गाउँपालिकामा स्थानीय तह चुनावको मतगणना शुरु भएको छ । बेनी नगरपालिकाको जिल्ला समन्वय समितिको सभाहल र रघुगंगा गाउँपालिकाको मौवाफाँट स्थित गाउँपालिकाको सभाहलमा मतगणना शुरु भएको हो । मतगणनाअघि

मंगला, मालिका र अन्नपूर्णमा मतगणना शुरु, बेनीको १० बजेदेखि शुरु हुने

बेनी । म्याग्दीका तीन वटा स्थानीय तहमा शनिबार बिहान देखि मतगणना शुरु भएको छ । मालिका, मंगला र अन्नपूर्ण गाउँपालिकाको मतगणना शुरु भएको हो । तीन वटै पालिकाको वडा नम्बर १ को मतपेटिका खोलेर मतगणना थालिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएका

मल्कवाङमा कुटपिटबाट आठ जना घाइते

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–५,मल्कवाङमा गएराती भएको कुटपिटबाट आठ जना घाइते भएका छन् । निर्वाचनमा आफ्नो पक्षमा मत नदिएको भन्दै नेकपा एमाले सर्मथकले नेपाली काङ्ग्रेसका कार्यकर्तालाई कुटपिट गरेको नेपाली कांग्रेसले आरोप लगाएको छ।

रघुगंगामा ६५ प्रतिशत मत खस्यो

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिकामा शुक्रबार भएको स्थानीय तह चुनावमा ६५ प्रतिशत मत खसेको छ । कुल १३ हजार ९४७ जना मतदाता रहेकोमा नौ हजार ११३ मत खसेको निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले जानकारी दिनुभयो । आठ वटा वडा रहेको रघुगंगामा

धवलागिरीमा ६१ प्रतिशत मत खस्यो

गोपाल आचार्यताकम । शुक्रबार भएको स्थानीय तह चुनावमा म्याग्दीको धवलागिरीमा कुल मतदाता संख्या मध्य ६१ शशमलब १८ प्रतिशत मत खसेको छ । कुल १० हजार ९४० मतदाता मध्य छ हजार ६९४ मत खसेको मतदान केन्द्रमा खटिएका मतदान अधिकृतहरुले जनाएका छन् । सात

थाकनपोखरीमा झडप हुँदा एक जना घाइते

बेनी, । म्याग्दीको बेनी नगरपालिका–६ थाकनपोखरी आधारभूत विद्यालयको मतदान केन्द्रमा शुक्रबार नेकपा एमाले र नेपाली काँग्रेस–माओवादी केन्द्रको गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा एक जना घाइते भएका छन् । एमालेका कार्यकर्ताको कुटाइबाट बेनपा ६ का

म्याग्दीमा ६६ प्रतिशत मत खस्यो

बेनी, । स्थानीय तह निर्वाचन अन्तरगत शुक्रबार भएको मतदानमा म्याग्दीमा ६६.२३ प्रतिशत मत खसेको छ । कुल ८५ हजार ३७५ जना मतदाता रहेकोमा ५६ हजार ५४३ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले २६

मंगलामा ६५ प्रतिशत मत खस्यो

बेनी। स्थानीय तह निर्वाचन अन्तरगत शुक्रबार भएको चुनावमा म्याग्दीको मंगला गाउँपालिकामा ६५.७२ प्रतिशत मत खसेको छ । कुल १३ हजार ४१६ मतदाता रहेकोमा आठ हाजर ८१७ मत खसेको निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिनुभयो । पाँच वटा वडा रहेको