जलजलाका पशुपालक कृषकलाई २६ लाख अनुदान वितरण

khali

बेनी, । पर्वतको जलजला गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०÷०८१ मा पशुपालक कृषकहरुलाई रु. २६ लाख भन्दा बढी अनुदान वितरण गरेको छ ।

९ वटा वडाका ४०८ जना कृषकहरुलाई विभिन्न कार्यक्रम मार्फत रु. २६ लाख २३ हजार ८०० अनुदान वितरण गरिएको जलजला गाउँपालिकाको पशु सेवा शाखाले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले गाईगोरुको बिमा, पोत्साहन अनुदान, हल गोरु पाल्नेलाई अनुदान, पशुलाई सुत्केरी भत्ता र भैसी पकेट कार्यक्रम मार्फत अनुदान वितरण गरिएको बताउनुभयो ।

Shreekrishna hardwear in news
khali

आधुनिक र व्यवसायिक पशुपालनको विकाससँगै स्थानीय गाई, भैसी र गोरुको संरक्षणमा पनि ध्यान दिइएको अध्यक्ष आचार्यले बताउनुभयो । ५७२ वटा गाईगोरुको बिम वापत रु. १ लाख ५७ हजार ८०० अनुदान वितरण गरिएको छ ।

यसैगरी रु. १० लाख ५६ हजार प्रोत्साहन अनुदान दिइएको छ । २२ हल गोरु पलेका कृषकले रु. ३ लाख ३० हजार अनुदान पाएका छन् । ६२ वटा पाडापाडी र बाच्छाबाच्छि हुर्काएका कृषकले रु. १ लाख ५५ हजार पशुको सुत्केरी पोषण अनुदान पाएका छन् । भैसी पकेट कार्यक्रम मार्फत रु. ९ लाख २५ हजार अनुदान वितरण गरिएको पशु विकास अधिकृत डा. सुप्रिना शर्माले बताउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...