बेनी–पाखापानी सडकको किराखोर–तोरीपानी खण्ड स्तरोन्नति शुरु

khali

बेनी, ः म्याग्दीको मध्य भागमा पर्ने बेनी नगरपालिका र रघुगंगा गाउँपालिकाका बस्तीहरूलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी – पाखापानी सडक स्तरोन्नति योजना शुरु भएको छ ।

वि.स. २०५६ मा मार्ग खुलेको बेनी–पाखापानी म्याग्दीको रणनीतिक महत्वको प्राथमिकता प्राप्त सडक आयोजना हो । २५ वर्षअघि ट्याक खुलेको बेनी–पाखापानी सडकको बेनी नगरपालिका–९ किराखोर देखि नेप्टेचौर हुदै तोरीपानीमा रहेको गलेश्वर मावि खण्डमा कालोपत्र गर्ने आयोजना निर्माण थालिएको म्याग्दी १(१) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले जानकारी दिनुभयो ।

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा बिनियोजन गरेको बजेटबाट पूर्वाधार विकास कार्यालय म्याग्दीले ठेक्का मार्फत ४ किलोमिटर दुरिको सडक स्तरोन्नतिको शुरु गरेको हो । चालु आर्थिक वर्षमा रु. ४ करोड बजेट बिनियोजन भएको यो सडकका लागि रु. २० करोडको स्रोत सुनिश्चितता गरेर बहुबर्षीय ठेक्का आव्हान गरिएको थियो ।

Shreekrishna hardwear in news

२०८१ जेठ २० गते रु. १० करोड १६ लाख १ हजार ३६४ मा ठेक्का लिएको मंगलादेवी सुवास कन्ट्रक्सन प्रा.लीले सडक फराकिलो बनाउने र पर्खाल निर्माण गर्ने काम थालेको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख बिष्णु पौडेलले बताउनुभयो ।

“ठेक्का प्रतिस्पर्धाका क्रममा सबैभन्दा कम कबोलेको निर्माण कम्पनीसँग सम्झौता भएको हो,” उहाँले भन्नुभयो “२ वर्षको ठेक्का अवधी भएको सडक योजनाका निर्माण व्यवसायीले सम्झौता लगत्तै स्तरोन्नतिको प्रारम्भिक काम शुरु भएको छ ।”

khali

हाल ३ देखि ३.५ मिटर चौडाइ रहेको सडक विस्तार गरेर कम्तीमा सात मिटर फराकिलो बनाएर कालोपत्र र ढलान गर्ने योजना रहेको छ । बर्षौको प्रयासपछि सडक कालोपत्र हुन थालेपछि स्थानीयबासीमा खुसीयाली छाएको बेनी नगरपालिका–९ का वडा अध्यक्ष चक्र केसीले बताउनुभयो ।

बेनी–पाखापानी सडक बेनी नगरपालिकाको ९, १०, रघुगंगा गाउँपाकिलाको ५, ६ र ८ नम्बर वडाका बासिन्दा बेनी आवत–जावत गर्न प्रयोग गर्छन् । कच्चि सडकमा जोखिम र सास्ति पूर्ण यात्रा गर्नुपर्ने समस्या हट्ने अपेक्षा गरिएको छ । धुलो र हिलोबाट मुक्ति पाउने स्थानीयबासीले आशा गरेका छन् ।

यसैगरी चालु आर्थिक वर्षमा बेनी नगरपालिका र सङ्घीय सरकारको लागत साझेदारीमा दुई करोड रुपियाँको बजेटबाट वडा नम्बर ६ को एक्लेपिपलदेखि वडा नम्बर ९ को किराखोर सम्म १ किलोमिटर २०० मिटर दूरीको सडक फराकिलो, नाली निर्माण, टेवा पर्खाल लगायतका कामहरू सकेर कालोपत्र र ढलानको तयारी गरिएको नगर प्रमुख सुरत केसीले बताउनुभयो ।

बेनीदेखि अर्थुङ्गेसम्म करिब ३ किलोमिटर सडक कालोपत्र र ढलान गरेर स्तरोन्नति भइसकेको छ । सडक स्तरोन्नति भएपछि ग्रामीण बस्तीमा उत्पादन भएको कृषि उपजको बजारीकरण र सर्वसाधरणहरुलाई सदरमुकाम बेनी आवतजावत गर्न सहज हुने बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले बताउनुभयो ।

प्रदेशसभाको म्याग्दी १(१) क्षेत्रमा प्रदेश सरकारको यो सबैभन्दा ठूलो आयोजना हो । ठूलो भूगोल र धेरै बस्तिलाई जोड्ने बेनी–पाखापानी सडकको तोरीपानी–पात्लेखेत–झिँ–पाखापानी खण्डको स्तरोन्नतिका लागि पनि अर्को चरणको आयोजनाका लागि बजेट व्यवस्थापन गर्न पहल गरेको सांसद भण्डारीले बताउनुभयो ।

प्रदेश सरकार मार्फत म्याग्दीमा चालु आर्थिक वर्षमा ७ वटा सडक र २ वटा मोटरेबल पुल निर्माणका लागि बहुबर्षीय ठेक्का लगाउन रु. १ अर्ब २० करोड बजेट स्रोत सुनिश्चितता भएको छ । स्रोत सुनिश्चितता भएको ८ वटा आयोजना ठेक्का प्रक्रीया अघि बढिसकेको गण्डकी प्रदेशका पुर्व भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री समेत रहेका म्याग्दी १(२) बाट निर्वाचित सांसद रेशम जुग्जालीले बताउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...