गलेश्वरमा साउन महिनाको सोमबारको मेला सकियो

Shreekrishna hardware

गलेश्वर, २९ साउन । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको पवित्र धार्मिक एवम् तीर्थस्थल गलेश्वरमा साउन महिनाको सोमबार लाग्ने मेला सकिएको छ ।

पाँच वटा सोमबार परेको यस वर्षको साउन महिनाको मेलामा करिब ८० हजार जना भक्तजनले दर्शन र पुजाआजा गरेका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।

मलमासमा धार्मिक कार्य गर्न नहुने बुझाई, खेतीबाली लगाउने समय, प्रतिकुल मौसमका कारण दोस्रो, तेस्रो र चौथो सोमबार कम भक्तजन आएपनि पहिलो र पाँचौ सोमबार उल्लेख्य मात्रामा भक्तजन आएका कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

Shreekrishna

यस वर्षको साउनको १, ८, १५, २२ र २९ गते सोमबार परेको थियो । साउनको हरेक सोमबार निराहार व्रत बसी बिहान सबेरै स्नान गर्ने धार्मिक मान्यता छ । यस वर्ष साउनमा पाँच सोमबार परे पनि साउन २ गतेबाट मलमास सुरु भएको थियो । कालीगण्डकी नदीको किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको गलेश्वरमा हरेक वर्षको साउन महिनाको सोमबारका दिन मेला लाग्ने गर्छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

“साउन महिनाको सोमबार गलेश्वरमा दर्शन र पुजाआजा गरेमा पारिवारिक सुःख, सम्बृद्धि र चाहेको पुरा हुने धार्मिक मान्यता छ,” गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिव बलबहादुर खत्रीले भन्नुभयो “मलमास भनिएपनि म्याग्दीका साथै पर्वत, बागलुङ, कास्कीका साथै भारतबाट पनि भक्तजन आएका छन् ।”

गलेश्वर शिवालय मन्दिरको दर्शन र पुजाआजा, शिवलिङ्गमा बेलपत्र चढाउने र जल अर्पण गर्ने, कालीगण्डकी नदीमा स्नान गर्ने गरिन्छ । हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको साझा तिर्थ स्थल मुक्तिनाथको प्रवेशद्धार गलेश्वर पश्चिमको पशुपति नाथको रुपमा चिनिन्छ ।

मेला र पुजाआजालाई सुरक्षित र ब्यवस्थित रुपमा सम्पन्न गराउन स्थानीय प्रशासन, सुरक्षा निकाय, नगरपालिका, क्लब, आमा समूह लगायत सामाजिक र धार्मिक संघ संस्थाले स्वमसेवक परिचालन गरेका थिए ।

साउन महिनाको चौथो सोमबारसम्म रु. सात लाख ४८ हजार ५३३ भेटि संकलन भएको थियो । सोमबारको भेटि मंगलबार गनेर सार्वजनिक गरिने भएको छ । पहिलो सोमबार रु. तीन लाख ६५ हजार ६४५, दोस्रो सोमबार रु. ९६ हजार १४१, तेस्रो सोमबार रु. एक लाख ४१ ह्जार ९५६ र चौथो सोमबार रु. एक लाख ४४ हजार ७९१ भेटि संकलन भएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...