बैसरीमा पहिरो रोकथामका लागि बेनी–जोमसोम सडक साउन ३२ गतेसम्म पूर्ण रुपमा बन्द

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा पहिरो रोकथाम गर्न कालीगण्डकी कोरीडोरको बेनी–जोमसोम खण्डको सडक छ दिनका लागि पूर्ण रुपमा बन्द गरिने भएको छ ।

म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिकाको राहुघाट देखि बेगखोला खण्ड आइतबारदेखि छ दिनका लागि पूर्ण रुपमा बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तले बैसरीको सडकमा खस्ने पहिरोको स्रोतसम्म डोजर लगेर रोकथामको काम गर्नका लागि साउन २८ गतेदेखि ३२ गतेसम्म घुमाउनेताल–बेगखोला खण्डमा पूर्ण रुपमा यातायात बन्द हुने जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

बैसरीको पहिरोले गत आइतबारदेखि सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगंगा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दाका साथै पर्यटक र तिर्थयात्रीलाई आवत जावत गर्न समस्या भएको छ ।

बेनीदेखि पोखरेबगरतर्फ जाँदै गरेको ग १ ज ६८२० नम्बरको जिप गुडिरहेको अवस्थामा बुधबार साँझ बैसरीमा पहिरो खसेर चालक अन्नपूर्ण गाउँपालिका–७ महभिरका ४० वर्षीय लुकजन शेरपुजा घाइते हुनुभएको थियो ।

पहिरोले पुरेको जिप अझै निकालिएको छैन भने सवारी धनी समेत रहेका शेरपुञ्जाको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रशासन कार्यालयले केही दिनअघि सूचना जारी गरेर बेनी–जोमसोम सडकको पहिरोबाट बढी प्रभावित राहुघाट–भुरुङ्ग तातोपानी खण्डमा रातको समयमा यात्रा नगर्न अनुरोध गरेको थियो ।

Bhautik ministry notice about road

“सडकमा ढुंगा खस्ने समस्याको कारण दैनिक जसो यातायात अवरुद्ध हुनुका साथै सवारी साधन र यात्रुलाई चोट पटक लाग्ने र पुरिने जोखिम छ,” बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले भन्नुभयो “पहिरो शुरु हुने स्थानबाटै दिर्घकालिन समाधानको काम गर्दैछौ ।”

बैसरी खण्डको विकल्पमा जिप, मोटरसाइकल र ट्याक्टरलाई घुमाउनेताल–पिप्ले–रानीपौवा–रिसिनचौतारी–माझखर्क–बेगखोला जोड्ने बैकल्पिक सडक एकतर्फि रुपमा प्रयोग गर्ने व्यवस्था मिलाएको प्रशासनले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।

कच्चि र साँघुरो वैकल्पिक सडकमा बेगखोलाबाट घुमाउनेतालतर्फ र घुमाउनेतालबाट बेगखोलातर्फ जाने आउने सवारी साधनलाई सुरक्षाकर्मीको समन्वयमा आलोपालो गरेर यातायात सञ्चालन गर्ने व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ ।

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीको निर्देशनमा पूर्वाधार विकास कार्यालय म्याग्दीले शुक्रबारदेखि घुमाउनेताल–बेगखोला वैकल्पिक मार्गको मर्मतको काम शुरु गरेको छ ।

डोजर, ब्याकुहोलोडर, ट्याक्टर र मजदुर परिचालन गरेर हिलो पन्छाउने, ग्राभेल हालेर खाल्डाखुल्डी पुर्ने, खोलामा ह्युम पाइप राख्ने काम शुरु भएको कार्यालयका सव ईञ्जिनियर रविन चोखालले जानकारी दिनुभयो ।

मुख्य सडक बन्द भएपछि सवारी साधनको चाप बढेको वैकल्पिक सडकमा आवत जावतलाई सुरक्षित र व्यवस्थित बनाउन मन्त्रालय, प्रशासन, बेनी–जोमसोम–कोरला सडक आयोजना र रघुगंगा गाउँपालिकासँग समन्वय गरेर मर्मत गर्न लागिएको गण्डकी प्रदेशसभा सदस्य हरि भण्डारीले बताउनुभयो । हिलोमा ग्राभेल बिछ्याउने र गाडी क्रस हुने ठाउँ बनाउने काम थालिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...