मुस्ताङको कागखोलाको बाढी कागबेनीको बस्तीमा पस्यो

Gandaki Pardesh notice

बेनी । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आइतबार साँझ बाढीले भौतिक संरचनामा ठूलो क्षति गराएको छ ।

गाउँपालिकाको केन्द्र समेत रहेको धार्मिक स्थल कागबेनीमा राती ८ बजे कागखोलाबाट आएको बाढी पसेर घर, सडक, सार्वजनिक भवन र पुलमा क्षति गरेको हो । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले करिब एक सय घरधुरी रहेको कोगबेनीको बिच बस्तीमा कागखोलाको बाढी पसेको जानकारी दिनुभयो ।

“राती आठ बजे कागखोलामा आएको बाढी बस्तीमा पसेर भागाभाग भएको छ,” उहाँले भन्नुभयो “तीन वटा घर, तीन वटा पुल र सडक बगाएको छ । खोला आसपासका धेरै घरहरुमा बाढी पसेको छ । स्थानीयबासीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिरहेका छौ । राती भएकाले सबै क्षतिको विवरण संकलन गर्न सकिएको छैन् ।”

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

मानवीय क्षति नभएपनि भौतिक संरचनामा धेरै क्षति भएको अध्यक्ष गुरुङले बताउनुभयो । कागबेनी भन्दा केही माथि रहेको तिरिखोला थुनिएर बाढी आएको गाउँपालिकाले जनाएको छ । नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी, जनप्रतिनिधिहरु उद्दारमा परिचालन भएका छन् ।

पोल बगाएकाले विद्युत सुविधा अवरुद्ध बनेको छ । कागबेनी हुदै उपल्लो मुस्ताङ जाने सडक अवरुद्ध बनाएको छ । सिचाईको नहर, गुम्बामा पनि बाढीले क्षति गरेको छ । मुक्तिनाथबाट बगेर आउने कागखोला कागबेनीको बिचभागमा छ ।

कागबेनीको जनशान्ति माविका शिक्षक मनविर किसानले कागबेनीको पुजास्थल, पुल बाढीले बगाएको र विद्यालयको खेलमैदानमा बाढी पसेको जानकारी दिनुभयो । करिब १५ मिटर कटान गरेर कागखोला विद्यालय नजिक पुगेको उहाँले बताउनुभयो । बाढी आएपछि छात्रावासका शिक्षक विद्यार्थीहरु सुरक्षित ठाउँमा गएर बसेको शिक्षक किसानले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...