गुडिरहेको गाडीमा पहिरो खस्दा चालक घाइते

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीको अधेरीखोला क्षेत्रमा गुडिरहेको गाडीमाथि पहिरो खस्दा चालक खस्त घाइते भएका छन् ।

बालेरो गाडीलाई गुडिरहेको अवस्थामा पहिरो खसेर पुर्दा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरका ४० वर्षीय लुकचन गर्बुजा घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गर्बुजाले चलाएको ग १ ज ६८२० नम्बरको बोलेरो गाडीमा क्षति पुगेको छ ।

Bhautik ministry notice about road

गाडीभित्रै च्यापीएको अवस्थामा अन्य सवारी साधनका चालक, यात्रु र सडक विभागका कर्मचारीहरुले गर्बुजालाई उद्दार गरेर बेनी अस्पतालमा ल्याएका छन् । गर्बुजा बेहोस हुनुहुन्छ । उहाँलाई थप उपचारका लागि पोखरा पठाउने तयारी गरिएको बेनी अस्पताल व्यवस्थापन समितिका सदस्य विज्ञान सुवेदीले बताउनुभयो ।

Shreekrishna hardwear in news

बैसरीमा गत आइतबारदेखि अवरुद्ध बनेको सडक बुधबार दिउँसोदेखि सञ्चालन भएको थियो । सडक माथिबाट निरन्तर खस्ने पहिरोका कारण बैसरीमा सवारी आवत जावत जोखिमयुक्त बनेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...