समाचारको विधा

राष्ट्रिय

एमाले म्याग्दीले मतदातालाई धन्यवाद र विजयीलाई बधाई दियो

बेनी । नेकपा एमाले म्याग्दीले प्रतिनिधि र प्रदेशसभा सदस्यमा निर्वाचित पाँच दलीय गठबन्धनका उमेद्वारहरुलाई बिहिबार बधाई दिएको छ । एमाले म्याग्दीका निर्वाचन परिचालन कमिटिका संयोजक तथा उपाध्यक्ष बालकृष्ण सुवेदीले विज्ञप्ति जारी गरेर

म्याग्दीमा समानुपातिक मतगणना जारी

बेनी । म्याग्दीमा शुक्रबार बिहान ६ः४५ बजेसम्म समानुपातिक तर्फको ३८ हजार ८९७ मत गणना भएको छ । बुधबार रातीदेखि जारी मतगणनाका क्रममा प्रतिनिधिसभाको ३६ हजार ९७९ मत सदर र एक हजार ९१८ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

संसद छिर्ने खम्बिरको तेस्रो प्रयास सफल

बेनी । नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजाको संसद छिर्ने तेस्रो पटकको प्रयास सफल भएको छ । यसअघिको दुई वटा चुनावमा हार ब्यहोरेका गर्बुजालाई यसपटकको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा नेकपा (माओवादी केन्द्र), नेकपा एकिकृत

म्याग्दीमा कसरी सफल भयो गठबन्धन ?

बेनी, प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा चुनावी तालमेलका लागि सत्तारुढ दलहरुको केन्द्रिय तहको कार्यदलले म्याग्दीको प्रतिनिधिसभा नेकपा (माओवादी) केन्द्र र प्रदेशको दुई वटै क्षेत्रमा नेपाली काँग्रेसको उमेद्वार बनाउने सहमती गरेका थिए ।

म्याग्दीमा समानुपातिक तर्फ २४ हजार मत गणना गर्दा कस्ले कति मत पाए ?

बेनी । म्याग्दीमा बिहिबार साँझ ८.३५ बजेसम्म समानुपातिक तर्फको २४ हजार ८८३ मत गणना भएको छ । बुधबार रातीदेखि जारी मतगणनाका क्रममा प्रतिनिधिसभाको २३ हजार ६८१ मत सदर र एक हजार २०२ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

म्याग्दीका नवनिर्वाचित सांसदहरुले भने ‘अधुरा र अलपत्र योजनालाई पूर्णता दिन तत्कालै पहल थाल्छौ’

बेनी । म्याग्दीका नवनिर्वाचित प्रतिनिधि र प्रदेशसभाका सदस्यहरुले जिल्लाका अधुरा र अलपत्र योजनालाई पूर्णता दिन तत्कालै पहल थाल्ने बताउनुभएको छ । पाँच दलीय गठबन्धनले बेनीमा बिहिबार आयोजना गरेको बिजय ¥याली पश्चातको सभालाई सम्बोधन गर्दै

एकै वडाको १०४ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको भेटिएपछि बिवाद

बेनी । हस्ताक्षर नभएको मतपत्र भेटिएपछि म्याग्दीमा प्रतिनिधिसभा सदस्यको मतगणनामा बिवाद भएको छ । मंगलबार बिहान ९ बजेदेखि रोकिएको मतगणना दिउँसो ११ बजेसम्म शुरु हुनु सकेको छैन् । मालिका गाउँपालिका–५ देविस्थानका तीन वटा मतदान केन्द्रको

मुस्ताङको प्रदेशसभा क्षेत्र क र ख मा काँग्रेस बिजयी

जोमसोम । मुस्ताङको प्रदेशसभा क्षेत्र (ख) मा नेपाली काँग्रेसका विकल शेरचन निर्वाचन हुनुभएको छ । जोमसोम स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार साँझ सम्पन्न मतगणना अनुसार शेरचनले दुई हजार ७२३ मत ल्याएर बिजयी हुनुभएको हो ।

मुस्ताङमा काँग्रेसका योगेश बिजयी

जोमसोम, मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका योगेश गौचन थकाली निर्वाचित हुनुभएको छ । निवर्तमान सांसद रहेका नेकपा एमालेका केन्द्रिय सदस्य प्रेमप्रसाद तुलाचनलाई ९१४ मतान्तरले पछि पार्दै २९ वर्षीय गौचन सांसद निर्वाचित हुनुभएको

म्याग्दीमा ५८ प्रतिशत मत खस्यो, गुर्जा र बगरको मतपेटिका आएपछि सोमबारदेखि गणना हुने

बेनी, । प्रतिनिधि र प्रदेशसभा सदस्य चयनका लागि आइतबार भएको मतदानमा म्याग्दीमा ५८.७८ प्रतिशत मत खसेको छ । ८६ हजार १२० जना मध्य ५० हजार ६२५ अथवा ५८.७८ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदान स्थलबाट मतपेटिका बेनी