सुशील गर्बुजा हत्या मुद्दामा छ जनालाई जन्मकैदको फैसला

Gandaki Ghumau

बेनी, म्याग्दी जिल्ला अदालतले एक वर्षअघि बेनी बजारमा भएको सुशील गर्बुजा हत्या मुद्दामा छ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको छ ।

न्यायाधिश प्रकाशप्रसाद पण्डीतको चैत १७ गतेको इजलासले छ जनालाई जन्मकैद (जनही २५ वर्षका दरले) सजायको फैसला सुनाउनुका साथै घटनाको सहयोगी ठहरीएका थप नौ जनाको सजाय निर्धारणका लागि यही चैत २७ गते पेशी तोकेको हो ।

रघुगङ्गा गाउँपालिका–१ बेग घर भई बेनी नगरपालिका–८ पिपलचोक बस्ने २१ वर्षीय गर्बुजाको २०८० माघ ११ गते साँझ बेनी नगरपालिका–८ न्युरोडमा चक्कु प्रहार गरी हत्या भएको थियो ।
म्याग्दी जिल्ला अदालतका सूचना अधिकारी डिल्लीराज पौडेलले धवलागिरी गाउँपालिका–४ का २३ वर्षीय शंकर घर्ति, २२ वर्षीय अमृत पुर्जा, बेनी नगरपालिका–५ का २४ वर्षीय सफल खत्री, परिवर्तीत नाम ४३ (ध), ४३ (ड) र ४३ (म) लाई जम्मकैदको सजाय तोकिएको जानकारी दिनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका उत्सव पुन, मनिष तिलिजा, वडा नम्बर–२ का वर्षीय सञ्जन खत्री, मंगला गाउँपालिका–२ का प्रविन जिसी, बेनी नगरपालिका– ९ का सविन राई, जलजला गाउँपालिका–३ पर्वतका शोहन बरुवाल, परिवर्तित नाम ४३ (त), ४३ (न) र ४३ (फ) लाई चैत २७ गतेको पेशीले सजाय निर्धारण गर्ने सूचना अधिकारी पौडेलले बताउनुभयो ।

बालबालिका सम्बन्धी कानुनले १४ देखि १६ वर्ष सम्मकालाई आधा र १६ देखि १८ वर्ष सम्मकालाई एक तिहाई सजाय छुट हुने ब्यवस्था गरेको छ । १६ वर्ष भन्दा कम उमेरको भएका कारण ४३ (ध) ले १६ वर्ष १० महिना सात दिन कैद भुक्तान गर्नुपर्नेछ ।

१४ देखि १६ वर्ष उमेर समूहका ४३ (ड) र ४३ (म)ले १२ वर्ष छ महिना सजाय भुक्तान गर्नुपर्नेछ । वि.स. २०८० फागुन १० गते अदालतले शुशिल हत्या मुद्दामा प्रहरीले पक्राउ गरेका १३ जना मध्य आठ जना बयस्कलाई कारागार र पाँच जना नावालकलाई सुधार गृह पठाउन आदेश दिएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...