समाचारको विधा

मुख्य खबर

प्रशासनमै राहदानी र राष्ट्रिय परिचयपत्रको निशूल्क फारम भरिदिने ब्यवस्था

म्याग्दी, ः जिल्ला प्रशासन कार्यालय, म्याग्दीले राहदानी र राष्ट्रिय परिचयपत्रको अनलाइन फारम निशूल्क भरिदिन थालेको छ । कार्यालयमा नागरिक सहायता कक्ष स्थापना गरेर १० प्रकृतिका सेवालाई कार्यालयबाटै निशूल्क उपलब्ध गराउने र अपाङ्गता भएका,

म्याग्दीका रेशम बानिया नेपाली काँग्रेसको केन्द्रिय सदस्य चयन

बेनी। म्याग्दीका नेता रेशम बहादुर बानिया नेपाली काँग्रेसको केन्द्रिय सदस्य चयन हुनुभएको छ । नेपाली काँग्रेसको बुधबार राती काठमाडौमा सम्पन्न बिशेष अधिवेशनबाट गण्डकी प्रदेशको भूगोलबाट म्याग्दीका बानिया, कास्कीका कृष्ण केसी केन्द्रिय

घुमघामसँग माघे संक्रान्ति मनाउदै म्याग्दीका छन्त्याल र मगर समुदा

बेनी ः म्याग्दीमा बसोबास गर्ने मगर र छन्त्याल समुदायमा माघे संक्रान्ति पर्वको रौनक छाएको छ । जिल्लामा बाहुलता रहेको मगर समुदायले माघे संक्रान्ति र साउनेसंक्रान्तिलाई विशेष महत्वका साथ मनाउने गर्दछन । अल्पसंख्यक छन्त्याल समुदायले

बेनीमा चित्रकला कार्यशाला

बेनी ः म्याग्दीको बेनीमा बुधबार चित्रकला कार्यशाला सम्पन्न भएको छ । कार्यशालामा सहभागी चित्रकारहरुले म्याग्दीका धार्मिक पर्यटकीय स्थलहरुलाई चित्रमा उतारेका छन् । म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यम विकास समितिले आयोजना

बेनीमा ११ औ माघे संक्रान्ति मेला, खाना महोत्सव तथा कृषि मेला प्रर्दशनी सुरु

बेनी, ः माघे संक्रान्ति पर्वको अवसरमा बुधबारदेखि म्याग्दीको जिल्ला सदरमुकाम बेनीमा खाना महोत्सव एवं कृषि मेला प्रर्दशनी सुरु भएको छ । म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यम विकास समितिले आयोजना गरेको माघ ३ गतेसम्म सञ्चालन

उद्योग, व्यवसाय र लगानी सुरक्षामा संवेदनशिल हुन सरकारलाई आग्रह

बेनी । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा लागानीमैत्री वातावरण बनेमा लगानीका लागि पुँजीको अभाब नभएको बताउनभएको छ । बेनीमा महिला उद्यम विकास समितिले आयोजना गरेको ११ औँ माघे संक्रान्ति मेला, खाना महोत्सव तथा

मालिकाको गाउँसभाबाट बजेट संसोधन

दरबाङ । म्याग्दीको मालिका गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२÷०८३ को लागि थप करिब रु. पाँच करोड बजेट बाँडफाँट गरेको छ । गाउँपालिकाको केन्द्र दरवाङमा मंगलबार सम्पन्न १८ औ गाउँसभाले गत आर्थिक वर्षमा खर्च हुन नसकेको रु. चार करोड ८५ लाख ७५

बेनीमा खाना महोत्सवको तयारी पुरा

बेनी ः माघे संक्रान्ति पर्वको अवसरमा बेनीमा बुधबारदेखि शुरु हुन लागेको खाना महोत्सव एवं कृषि मेला प्रर्दशनीको तयारी पुरा भएको छ । म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यम विकास समितिले यही पुष ३० देखि माघ ३ गतेसम्म ११ औ माघे

बेनीका श्रेष्ठ परिवारद्धारा पुतलीदेवी–लक्ष्मीप्रसाद क्षेष्ठ स्मृति प्रतिष्ठान र अक्षयकोष स्थापना

बेनी, म्याग्दीको सदरमुकाम बेनीका एक परिवारले दिवंगत अभिभावकको स्मृतिमा अक्षयकोष स्थापना गर्नुभएको छ । बेनी नगरपालिका–७ का स्वर्गीय पुतलीदेवी र लक्ष्मीप्रसाद श्रेष्ठको स्मृतिमा उहाँका छोरा, छोरी र बुहारीले रु. पाँच लाखको

घार देउरालीमा दृष्य अवलोकन केन्द्र निर्माण

बेनी ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको देउरालीमा स्थानीयबासीहरुले सरकारी निकायको सहयोगबिनै ‘भ्यु पोइन्ट’ दृष्य अवलोकन केन्द्र निर्माण गरेका छन् । भुवानी युवा परिवारले दिवंगत संस्थापक सदस्य स्व. कृष्णप्रसाद खड्काको स्मृतिमा