समाचारको विधा

आर्थिक

म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो

बेनी ः म्याग्दीको प्रमुख नगदे फलफुल बाली सुन्तलाको यस वर्ष उत्पादन घटेको छ । सुन्तला खेती हुने जमिनको क्षेत्रफल र मूल्य बढेपनि उत्पादकत्वमा कमी आएको हो । कृषि विकास कार्यालय, म्याग्दीका अनुसार गत वर्षको तुलनामा प्रतिहेक्टर शून्य दशमलब…

ताकमकी पद्माकुमारी आचार्यलाई प्याजको नर्सरीबाट सफलता

कृष्णराज पौडेल ताकम, म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा एक जना किसानले एक रोपनी भन्दा कम क्षेत्रफल जमिनमा प्याजको बिरुवा उत्पादन गरेर दुई महिनामै रु. एक लाख भन्दा बढी आम्दानी गर्नुभएको छ । ताकमको आचार्य कृषि फार्मका सञ्चालक…

बेनी नगरपालिकाको चालु आ.व.को बजेट संसोधन

बेनी, १४ पुष ः म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२÷०८३ को बजेट संसोधन गरेको छ । बेनीमा सोमबार भएको १८ औ नगरसभामा उपप्रमुख ज्योती लामिछानेले प्रस्तुत गर्नुभएको बजेट संसोधन गर्ने प्रस्ताव पारित भएको हो । गत असारमा भएको…

कपडा तथा फेन्सी व्यवसायी समितिमा शर्मा

बेनी। कपडा तथा फेन्सी व्यवसायी समिति म्याग्दीको अध्यक्षमा दामोदर शर्मा चयन हुनुभएको छ । बेनीमा शनिबार सम्पन्न समितिको नवौं साधारणसभा तथा पाचौं अधिवेशनबाट शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।समितिको उपाध्यक्षमा उमनाथ शर्मा,…

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासघमा शर्मा

बेनी । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासघ जिल्ला शाखा म्याग्दीको अध्यक्षमा नारायण शर्मा निर्वाचित हुनुभएको छ । बेनीमा शनिबार सम्पन्न महासंघको सत्रौ साधारणसभा तथा आठौं जिल्ला अधिवेशन वाट सर्वसम्मत रुपमा शर्माको नेतृत्वमा नयाँ कार्य…

सिममा निरन्तर चल्दैछ पुरानो कोलमा उखु पेल्ने चलन

बेनी ः म्याग्दीको मङ्गला गाउँपालिकाका किसानहरुले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत्रीले एक सय वर्षअघि भारतको कोलकत्ताबाट ल्याएको कोलमा हरेक वर्ष पुष र माघ…

बिम दोवाटाका मित्रलालले बिलाउनीको झाडी फाडेर सुन्तला बगान बनाए

बिम, म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर सुन्तला बगान बनाएका छन् । २० बर्षअघि बिलाउनीको झाडीले भरिएको भिरालो पाखो सुन्तला र केराको बगैचामा परिणत गरेका हुन् । दोवाटाका मित्रलाल गौतमले कुनै समय स्याल…

गाईभैँसीको गहुँतबाट जैविक विषादी उत्पादन गर्छन् भूपेन्द्र शर्मा

बिम, म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीबालीमा रोगकीरा नियन्त्रणका लागि प्रयोग गरेका छन् । शर्माले १६ रोपनी क्षेत्रफलमा जैविक विधिबाट व्यावसायिक सुन्तला, कागती…

भकिम्लीका धनबहादुरले भित्र्याए ‘कालाहारी बोयर’ जातको बाख्रा

बेनी ः म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको डाडाखानीका किसान धनबहादुर श्रीसले जिल्लामै नयाँ जातको बाख्रा भित्र्याउनुभएको छ । डाडाखानीमा रहेको श्रीस पशुपालन तथा बहुउद्देश्यीय कृषि फार्ममा अफ्रिकामा उत्पत्ती भएको ‘कालाहारी बोयर’ जातको…

म्याग्दीका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी तालिम

बेनी । म्याग्दीका होटल, रेष्टुरेन्ट, चमेनागृह र होमस्टे ब्यवसायीहरुलाई खाद्य सुरक्षा सम्बन्धी तालिम दिइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराको आयोजनामा शनिबार बेनीमा सम्पन्न तालिममा ८० जना ब्यवसायीहरुको सहभागिता थियो ।…