समाचारको विधा

विकास

घोडेपानी जोड्ने सडक स्तरोन्नतिका लागि आयोजना शुरु

बेनी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक स्तरोन्नति थालिएको छ । गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास कार्यालय म्याग्दीले

गलेश्वर र राहुघाटमा बाढी नियन्त्रण योजना

बेनी, राहुघाट नदीको कटानको जोखिममा रहेको म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर, रघुगङ्गा गाउँपालिका–३ राहुघाट, कालीगण्डकी कोरिडोरको सडक र मोटरेबल पुल संरक्षण गर्न तटबन्ध निर्माण भएको छ । राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर,

बेल्फी लुरवाङ सिचाई निर्माण

बेनी, म्याग्दीको मालिका गाउँपालिका–७ बिममा रहेको बेल्फी लुरवाङ सिचाई योजनाको ३७ वर्षपछि पक्की नहर निर्माण भएको छ । वि.स. २०४५ मा निर्माण भएको कच्ची नहर पक्की भएपछि योजनाबाट लुरवाङमा रहेको एक सय ५० घरधुरी किसानको करिब तीन सय रोपनी जमिनमा

रघुगङ्गको बेगमा वडा कार्यालय भवन निर्माण

बेनी, म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगमा रु. एक करोड पाँच लाखको लागतमा वडा कार्यालय भवन निर्माण भएको छ । दुई तले नौ कोठे भूकम्प प्रतिरोधी क्षमताको भवन निर्माण भएको हो । रघुगङ्गा गाउँपालिका–१ का वडा अध्यक्ष बिलप्रसाद फगामीले रु. एक

दरखोलामा तीन सय ६६ मिटर लामो झोलुङ्गे पुल निर्माण

बेनी, ः म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुना फलीयागाउँ र दर जोड्ने दरखोलामाथी तीन सय ६६ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ । स्थानीय पूर्वाधार विकास आयोजना पोखरा मार्फत पुुल निर्माण भएपछि यात्राअवधी छोटिएको छ । पुलबाट धवलागिरी.–३ र

म्याग्दीको दरवाङ–मुना– ढोरपाटन सडक स्तरोन्नतिका लागि ठेक्का सम्झौता

बेनी, रु. ५२ करोड बढीको लागतमा म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुना जोड्ने सडक स्तरान्नेति सम्बन्धी योजना कार्यान्वयनमा आएको छ । गण्डकी प्रदेश र संघीय सरकारको साझेदारीमा मालिका गाउँपालिकाको केन्द्र दरवाङ देखि धवलागिरी

पुलाचौरमा ‘लिफ्ट’ प्रविधिबाट खानेपानी आयोजना निर्माण

बेनी ।  जिल्लाको बेनी नगरपालिका-५ पुलाचौरमा ‘लिफ्ट’ प्रविधिबाट खानेपानी आयोजना निर्माण गरिएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीमार्फत पुलाचौरको बस्तीमुनिको मुहानबाट पानी तानेर घरघरमा धारा बनाई वितरण गरिएको हो । 

चिमखोला–मंगले–राहुघाट जलविद्युत आयोजनाको परिक्षण उत्पादन शुरु

बेनी, ः म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माण भएको ३७ दशमलब पाँच मेगावाट क्षमताको चिमखोला–मंगले–राहुघाट जलविद्युत आयोजनाले परिक्षण उत्पादन थालेको छ । तुदी पावर कम्पनी लिमिटेड प्रर्वद्धक रहेको आयोजनाको बाँध, डिसेण्डर (पानी थिग्राउने

फापरखेतको पहिरोको विकल्पमा जडान गर्न बेलिब्रिज प्राप्त

बेनी, । म्याग्दीको ‘लाइफलाइन’ मानिएको बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडक खण्ड अन्तर्गत बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा पर्ने फापरखेत पहिरोको विकल्पमा म्याग्दी नदीमाथी बेलिब्रिज जडान हुने सम्भावना बढेको छ । फापरखेतको पहिरोको

गलेश्वर बजार सौन्दर्यीकरण : सडकमा ढुङ्गा बिछ्याइँदै

बेनी, बेनी नगरपालिका–९ स्थित म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल गलेश्वरको सौन्दर्यीकरणका लागि बजारभित्रको सडकमा ढुङ्गा बिछ्याउन थालिएको छ। हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुस्ताङको मुक्तिनाथ प्रवेशद्वार मानिने गलेश्वर