असोज १ गतेदेखि बिद्यालय र तातोपानी कुण्ड खुलाउने डिसिसिएमसी म्याग्दीको निर्णय

Gandaki Kotihome

बेनी, कोरोना (भाइरस)को दोस्रो लहरको महामारी फैलिएपछि बन्द भएका म्याग्दीका शैक्षिक संस्था र तातोपानीका कुण्डहरु असोज १ गते देखि खुल्ने भएका छन् ।

जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रको बैठकले गत बैशाख दोस्रो हप्तादेखि बन्द भएका शैक्षिक संस्था र तातोपानीका कुण्ड खुलाउने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले कोभिड–१९ सम्बन्धी सुष्म योजना र ‘स्मार्ट लकडाउन’को अवधारणा अनुसार बिद्यालय र तातोपानी कुण्ड खुलाउने निर्णय गरिएको जानकारी दिनुभयो ।

Upper Myagdi transmition line notice

“बेनी नगरपालिका र मालिका गाउँपालिकाबाट बिद्यालय खुलाउन सिफारिस भएर आएको थियो,” उहाँले भन्नुभयो “कोरोना संक्रमणको दर घटेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना गरेर भौतिक उपस्थितिमै पठनपाठन गराउने निर्णय भएको हो ।”

Annapurna aarohan ko notice

धवलागिरी, रघुगंगा, मंगला र अन्नपूर्ण गाउँपालिकाले यसअघिनै बिद्यालय सञ्चालन गरिरहेका थिए । यसैगरी म्याग्दीमा रहेका प्राकृतिक तातोपानीका कुण्डहरुमा जिल्लाबासीका लागि सर्त पालना गरेर स्नानका लागि खुलाउने निर्णय भएको छ ।

कोरोना बिरुद्धको खोप लगाएको १० दिन नाघेका र ७२ घण्टाभित्रको पिसिआर तथा एन्टिजेनको नेगेटिभ रिपोर्ट भएका जिल्लाबासीलाई तातोपानीमा स्नान गर्न दिइने भएको छ । बेनी नगरपालिकाको सिंगा, अन्नपूर्ण गाउँपालिकाको भुरुङ्ग, रातोपानी, सेकार्कु, रघुगंगाको दर्मिजा, धवलागिरीको बगर र गुर्जामा प्राकृतिक तातोपानीका कुण्डहरु रहेका छन् ।

सिंगा तातोपानी कुण्ड ब्यवस्थापन समितिले नगरपालिका र प्रशासनमा कुण्ड खुलाउन माग गरेर निवेदन दिएका थिए । धार्मिक स्थल, मठमन्दिरहरुमा पुजाआजा र पर्यटकीय स्थलमा भ्रमण खुलाउने निर्णय गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएको छ ।

म्याग्दी कोरोनाका सक्रीय संक्रमितको संख्या ५० जना भन्दा कम छ । ४५ मध्य ३० वटा वडामा कोरोना संक्रमित छैनन् । रेडजोनबाट ग्रिनजोन बनेको छ । हालसम्म जिल्लाभर तीन हजार २४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयको पछिल्लो तथ्याङ्क छ ।

स्वास्थ्य कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालका अनुसार म्याग्दीमा हालसम्म ३२ हजार जना भन्दा बढीले कोरोना बिरुद्धको खोप लगाएका छन् । १८ वर्ष भन्दा माथि उमेर समूहका नागरिकको संख्या ६७ हजार जना छ ।

धवलागिरी गाउँपालिकाका सबै लक्षित समुदायले कोरोना बिरुद्धको खोप लगाएका छन् । जिल्लाभित्र ५४ र जिल्ला बाहिर २६ जना गरि कुल ८० जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...