तातोपानीमा प्राकृतिक चिकित्सालय सञ्चालनको तयारी

Gandaki Kotihome

तातोपानी । म्याग्दीको बेनी नगरपालिका–४ सिंगा तातोपानीमा प्राकृतिक चिकित्सालय स्थापना भएको छ ।

गण्डकी प्रदेश सरकार र बेनी नगरपालिकाको सहयोगमा सिंगा तातोपानी कुण्ड ब्यवस्थापन समितिले चिकित्सकको निगरानीमा औषधिको प्रयोग बिना बिरामीको उपचार गरिने चिकित्सालय स्थापना गरेको हो ।

समितिका सचिब कृष्ण खड्काले भवन निर्माण, उपकरण जडान, ब्यवस्थापन र चिकित्सक नियुक्त भइसकेको चिकित्सालयमा आगामी असोज महिनादेखि बिरामी भर्ना गरेर सेवा शुरु गर्ने तयारी भएको जानकारी दिनुभयो ।

Upper Myagdi transmition line notice

“प्राबिधिक, पूर्बाधार निर्माण र जनशक्ति ब्यवस्थापन गरिसकेका छौ,” उहाँले भन्नुभयो “नगरपालिका र प्रशासनसंग तातोपानी कुण्ड खुलाउन मागिएको सहमति स्विकृत भएपछि चिकित्सालयको सेवा शुरु गछौ ।”

म्याग्दी नदीको किनारमा जमिनभित्रबाट बिरेनुनको गन्धमा निस्कने ५० डिग्री सेल्सीयस तातोपानी संकलन गरीएको तलाउमा परम्परागत शैलीमा शरिर डुवाएर गरिदै आएको प्राकृतिक उपचारलाई ब्यवस्थित र प्रभावकारी बनाउन चिकित्सालय बनाइएको हो ।

चिकित्सालयका डाक्टर आयुषा अधिकारीले हाइड्रो थेरापी (जलचिकित्सा), म्यानुयुलेटिभ (मसाज थेरापी), योगा थेरापी, पोषण थेरापी, अकुपंचर, फिजियो थेरापी, परामर्शको माध्यमबाट औषधीको प्रयोग बिना विभिन्न नसर्ने रोगबाट थलिएका बिरामीको उपचार गरिने भएको छ ।

Annapurna aarohan ko notice

बाथ, दम, नशा च्यापीएका, प्यारालाइसिसी, पेट, छाला, टाउको दुखाई, माइग्रेन र ग्यासट्राइटिस सम्बन्धी समस्या भएका बिरामीको उपचार गरिने डाक्टर अधिकारीले बताउनुभयो । “रोगिलाई निरोगी र निरोगीलाई दिर्घजिवी बनाउने प्राकृतिक चिकित्सालयको उद्देश्य हो,” उहाँले भन्नुभयो “योगा, फिजियो थेरापी, हाइड्रोथेरापी, अक्कुपंचर र परामर्श कक्ष बनाएका छौ ।”

प्रदेश सरकारले पठाएको रु. ५० लाख बजेटबाट बेनी नगरपालिकाले गत आर्थिक वर्ष २०७७÷७८ मा चिकित्सालयका लागि आवश्यक उपकरण र सामग्री खरिद गरी जडान गरेको थियो । यसैगरी पर्यटन मन्त्रालयको रु. पचास लाख र तातोपानी कुण्ड ब्यवस्थापन समितिको रु. पचास लाग गरि रु. एक करोड लगानीमा चार तले भवन निर्माण गरिएको समितिका अध्यक्ष बिरेन्द्रमान शाक्यले जानकारी दिनुभयो ।

तातोपानीमा आउने बिरामीहरुको प्रभावकारी उपचारका लागि प्राकृतिक चिकित्सालयले सहयोग पुग्ने उहाँले बताउनुभयो । तातोपानीमा उपचार गराएमा ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, छाला, सुन्निएको, बज्ररिएको, मर्कीएको, पेट दुख्ने, खाना रुची नहुने लगायतका स्वास्थ्य समस्या निको हुने बिरामीहरुको अनुभव छ ।

ग्याँस्ट्रिक, बाथरोथ (युरिकएसिड), ढाड दुख्ने, छाला सम्बन्धि विबिध रोग, सुन्निएको, बज्रीएर चोट लागेको, मर्किएको, पेट सुन्निने, गलगाँड र एसाइटिस जस्ता स्वास्थ्य समस्या निको हुने गरेको बिरामीहरुले बताउँछन् ।

यस स्थानमा वीरेनून र गन्धन (सल्फर) तत्व सहितको ४५ देखि ५७ डिग्री सेल्सीयस तातोपानी निस्कने मुहान रहेको छ । गन्धक आँफैमा एक प्राकृतिक एन्टिवायोटिक भएको हुनाले कुण्डमा स्नान गर्दा एक व्यक्तिमा भएको रोग अर्को व्यक्तिमा सर्ने सम्भावना कम हुन्छ ।

एक दिनमा दुई पटक दुई÷दुई घण्टाका दरले तातोपानीको कुण्डमा शरीरलाई डुबाएर स्नान गरेपछि बाहिर निस्कीएर पाँच–दश मिनेटसम्म पछ्यौरा, बलाङंकेट, पलास्टीक, काम्लो आदी न्याना कपडा ओढेर शरिरबाट चितचित पसिना निस्कदा सम्म विश्राम गरिन्छ ।

तातोपानी कुण्डमा पुरुष र महिलाहरुका लागि फरक फरक समय तालिका बनाइएको छ । रु. ३५० शुल्क तिरेर दश दिनसम्म स्नान गर्न पाईन्छ । कोरोनाको दोस्रो लहर फैलिएपछि गत बैशाख महिनादेखि बन्द भएको तातोपानी कुण्ड स्नानका लागि खुलाउने तयारी भएको छ ।
स्वास्थ्य समस्या नदेखिएका र कोरोना बिरुद्धको खोप लगाएकाहरुलाई स्नान गर्न दिने गरि खुलाउन लागिएको समितिका सहसचिब कुमार केसीले बताउनुभयो । तातोपानी कुण्डमा बिशेष गरेर असोज, कात्तिक, माघ, फागुन र चैत महिनामा मानिसहरुको घुँईचो लाग्ने गर्छ । कुण्डको आम्दानीले कर्मचारीको तलब, व्यवस्थापन, पूर्वाधार निर्माणका साथै स्थानीय सरस्वती माविका ११ जना निजी स्रोतका शिक्षकलाई तलबभत्ता उपलब्ध गराउदै आएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...