रेडक्रसकर्मीद्धारा ३२ शवको निशूल्क ब्यवस्थापन

Gandaki Kotihome

बेनी । म्याग्दीमा पछिल्लो पाँच महिनाको अवधिमा कोरोना (भाइरस)को संक्रमणबाट ज्यान गुमाएका ३२ जनाको शव रेडक्रसकर्मीहरुले निशूल्क ब्यवस्थापन गरेका छन् ।

बेनी र स्थानीय तहहरुले सञ्चालन गरेको कोरोना अस्पतालमा ज्यान गुमाएका संक्रमितको शव ब्यवस्थापन गर्न गत बैशाखमा नेपाल रेडक्रस सोसाइटी म्याग्दीले शाखाका उपमन्त्री सुरत केसीको नेतृत्वमा स्वमसेवकको टोली बनाएको थियो ।

शाखा सभापति लेखबहादुर हमालले कोरोना संक्रमणबाट ज्यान गुमाएका ३२ जनाको शव सरकारको मापदण्ड पुरा गरेर रेडक्रसकर्मीहरुले निशूल्क ब्यवस्थापन गरेको जानकारी दिनुभयो । उपमन्त्री केसीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयका कर्मचारी आनन्द रिजाल, बेनी अस्पतालका कर्मचारी जनक सोनाम लगायतको शव ब्यवस्थापन गर्ने स्वमसेवक टोली बनाएको थियो ।

Upper Myagdi transmition line notice

पहिलो र दोस्रो लहरको कोरोना भाइरसबाट म्याग्दीमा तीन हजार २१५ संक्रमित भएका र ८० जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । रेडक्रसको स्थापना दिवसको अवसरमा शनिबार बेनीमा आयोजित कार्यक्रममा शाखाले कोरोना महामारी नियन्त्रण, बिपद् ब्यवस्थापनको क्षेत्रमा गरेका गतिबिधीहरुको बारेमा जानकारी गराइएको थियो ।

सोही कार्यक्रममा पत्रकारहरुका लागि पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेल र सचिब सन्तोष गौतमलाई दुई हजार थान सर्जिकल मास्क र ४० बोत्तल स्यानीटाइजर उपलब्ध गराएको छ ।

Annapurna aarohan ko notice

रेडक्रसका शाखा सभापति लेखबहादुर हमाल, कोषाध्यक्ष नवराज पौडेल, उपमन्त्री सुरत केसी, सदस्य बिष्णु रोका, रामप्रसाद पौडेल, यामबहादुर बानिया, कार्यालय प्रमुख धनञ्जयकुमार श्रेष्ठले महासंघका शाखा अध्यक्ष प्रकाश पौडेल, सचिब सन्तोष गौतम र सदस्य सन्दिप शर्मालाई सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

कोरोनाको जोखिमका बिच सञ्चारकर्ममा खटिएका पत्रकार तथा सञ्चारकर्मीहरुलाई सुरक्षित बनाउन सहयोग पुगोस भन्ने उद्देश्यले सामग्री उपलब्ध गराएको शाखा सभापति हमालले बताउनुभयो ।

पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष पौडेलले महासंघले विभिन्न दाता र प्रदेश समितिबाट प्राप्त भएको स्वास्थ्य सुरक्षाका सामग्री आवश्यक पर्ने पत्रकारहरुलाई कार्यालयबाट उपलब्ध गराइदै आएको बताउनुभयो ।

रेडक्रस म्याग्दी शाखाले बिपद् ब्यवस्थापन, बेनीमा रक्तसञ्चार गृह र दरबाङमा आँखा उपचार केन्द्र, तीन वटा एम्बुलेन्स सञ्चालनका साथै रघुगंगा गाउँपालिकाको बेग, दग्नाम र चिमखोलामा आइरिस रेडक्रसको सहयोगमा एक हजार जनालाई विभिन्न सिपमुलक तालिम प्रदान गरेको जनाएको छ ।

कोरोना नियन्त्रणका लागि बिद्यालय, स्वास्थ्य संस्था, वडा कार्यालय, उपशाखाहरुलाई स्वास्थ्य सामग्री बितरण गरेको रेडक्रस म्याग्दीको गोदाममा चालीस हजार भन्दा बढी मास्क छन् । गत बर्खामा १४८ परिवारलाई नगद र राहत सामग्री तथा यसपाली ८० परिवारलाई राहत सामग्री उपलब्ध गराएको छ ।

रेडक्रसले बेनी अस्पताल परिसरमा सञ्चालन गरेको रक्तसञ्चार गृहबाट सुबिधा लिनेहरुलाई स्थानीय तहहरुसँगको समन्वयमा निशूल्क रगत परिक्षण गर्ने ब्यवस्था मिलाउन लागेको छ । जसका लागि रघुगंगा गाउँपालिकाले रु. एक लाख र जिससले रु. एक लाख उपलब्ध गराएका छन् । रेडक्रसले दरबाङमा सञ्चालन गरेको आँखा उपचार केन्द्र भने ब्ययभार थेग्न नसकेपछि बन्द गर्नुपर्ने अवस्था आएको सभापति हमालले बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...