राहुघाट र बगरखोलामा ‘बेलिब्रिज’ निर्माण

Gandaki Kotihome

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका स्थित राहुघाट र बगरखोलामा दुई वटा मोटर चल्ने पुल (बेलिब्रिज) निर्माण भएको छ ।

राहुघाट नदीमा एकै साथ ८३.५ मेगावाट क्षमताका दुई वटा जलबिद्युत आयोजना निर्माण गरिरहेको तुदी पावर कम्पनीले बनाएको बेलिब्रिजबाट स्थानीयबासीहरुलाई पनि सुबिधा पुगेको छ । आयोजनाका इञ्जिनियर नरोत्तम कार्कीले रघुगंगा गाउँपालिका–७ चिमखोलाको बगर खोलामा ३० मिटर लामो, वडा नम्बर ४ र ५ को सिमाना स्थित राहुघाट नदीमाथि ६९ मिटर लामो बेलिब्रिज निर्माण भएको जानकारी दिनुभयो ।

३५ मेगावाट क्षमताको राहुघाट मंगले जलबिद्युत आयोजना निर्माण स्थल जोड्ने सडक अन्तरगत बगरखोलामा बनेको पुलले चिमखोला र कुईनेमंगलेका दुई वटा वडालाई सिधा सडक यातायात सञ्जालसँग जोडेको छ ।

Upper Myagdi transmition line notice

कुइनेमंगलेका वडा अध्यक्ष गमान छन्त्यालले बगरखोलामा बेलिब्रिज बनेपछि बाह्ै महिना गाडी चल्न थालेका बताउनुभयो । दग्नामको अजिंगर भिरदेखि बन्दीसम्म सात किलोमिटर पहुँचमार्ग खनेको यस आयोजनाले घ्याँसीखर्कमा अर्को बेलिब्रिज बनाउने तयारी गरेको जनाएको छ ।

राहुघाट नदीमा निर्माण भएको बेलिब्रिजले ४८.५ मेगावाट क्षमताको माथिल्लो राहुघाट जलबिद्युत आयोजनाको बिद्युतगृह र आउटलेटलाई सडक सञ्जालमा जोडेको छ । बिद्युतगृह र अडिट निर्माण स्थल पुग्ने २०० मिटर सडक निर्माण बाँकी छ । बिस्फोटक पदार्थको प्रयोग गरेर अडित १ को सुरुङ निर्माण थालिएको छ ।

Annapurna aarohan ko notice

बन्दीमा बाँध निर्माणाधिन रहेको राहुघाट मंगले जलबिद्युत आयोजनाको दुई वटा अडिटबाट ४०० मिटर सुरुङ निर्माण सकिएको छ । चिमखोलाको मलाङमा बिद्युतगृह रहने मंगले राहुघाटको सुरुङ पाँच किलोमिटर छ । कम्पनीका प्रतिनिधी उपेन्द्र गौतमले गत मंसिर महिनादेखि सुरुङ खन्न थालिएको आयोजना तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको बताउनुभयो ।

कुल लागत रु. पाँच अरब ९२ करोड लागत अनुमान गरिएको मंगले राहुघाटको आउटलेट देखि १५० मिटर तल पानी बिद्युतगृहमा खसालेर बिद्युत उत्पादन गरिनेछ् । मलाङमा बिद्युतगृह निर्माण गर्न जग्गा ब्यवस्थापन गरिएको छ । आयोजना निर्माणमा आवश्यक बिस्फोटक पदार्थको भण्डारण र सुरक्षाका लागि रघुगंगा–७ चिमखोलामा नेपाली सेनाको क्याम्प स्थापना भएको छ ।

अपर राहुघाटको बिद्युतगृहबाट निस्कने र बगरखोलाको पानी मिसाएर मलाङमै बाँध र राहुघाट जलबिद्युत आयोजनाको बाँध देखि ५०० मिटर माथि बिद्युतगृह बनाउने गरि अर्को माथिल्लो राहुघाट जलबिद्युत आयोजनाको पनि प्रारम्भिक चरणको काम सुरु भएको छ ।

कुइनेमंगलेमा राहुघाट नदीको सहायक ठुलोखोलामा २१.३ मेगावाट क्षमताको ठुलोखोला जलबिद्युत आयोजना निर्माणका लागि संयुक्त उर्जा प्रा.लीले अनुमति लिएको छ । ठूलोखोलाको पनि बाँध निर्माण स्थलसम्म पहुँचमार्ग निर्माण भइसकेको छ ।

राहुघाट नदीमै नेपाल बिद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडले ४० मेगावाट क्षमताको राहुघाट जलबिद्युत आयोजना निर्माण गरिरहेको छ । राहुघाटको ३० प्रतिशत पुर्बाधार निर्माण सकिएको छ ।

मंगले र अपर (माथिल्लो) राहुघाट जलबिद्युत आयोजनाबाट उत्पादीत बिद्युत केन्द्रिय ग्रिडमा जोड्न दुवै आयोजनाको प्रर्वद्धक तुँदी पावर कम्पनीले चिमखोला देखि राहुघाट सबस्टेशन सम्म १३ किलोमिटर दुरीको डबल सर्किटको प्रशारण लाइन निर्माणको तयारी भएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...