दूधेखोलाका बाढी पिडितलाई राहत

Gandaki Pardesh notice

बेनी । बेनी नगरपालिका–३ दूधेखोलाका बाढी पिडितलाई बिभिन्न राजनीतिक दल र संघ संस्थाले राहत सहयोग गरेका छन् ।

नेकपा एमाले, नेपाली काँग्रेस, लायन्स क्लब अफ बेनी पिसी सिटीले बाढीबाट घरबास गुमाएका, बिस्थापित भएका र खेतको क्षति भएकाहरुलाई नगद, खाद्यान्न र जिन्सी सामग्री सहयोग गरेको जनाएका छन् । सोमबार बिहान दूधेखोलामा आएको बाढीले एक घर बगाएको, तीन घर पूर्ण रुपमा बिस्थापित र थप चार घरपरिवार प्रभावित भएका छन् ।

एमालेको २३ हजार सहयोग

Shreekrishna hardwear in news

एमाले म्याग्दीले घरको क्षति भएकी दिपा पुनलाई पाँच हजार, बाढीबाट क्षेति ब्यहोरेका नारायण पुन, डिलिराम थापा, खड्का बहादुर रोका मगर, लिला बहादुर घर्ती मगर, दुर्गा बहादुर थापा र भुपाल घर्तीको परिवारलाइ तिन हजारको दरले १८ हजार रुपैयाँ उपलब्ध गराएको जनाएको छ ।

एमाले म्याग्दीका उपाध्यक्ष तथा जिसस प्रमुख देबेन्द्र केसी, सचिवालय सदस्य सन्तोष रावल, चन्द्रकुमार केसीले वडा सदस्य चन्द्रकुमार केसीले वडा सदस्य गेमबहादुर घर्ति मार्फत राहत बितरण गर्नुभएको थियो ।

Bhautik ministry notice about road

काँग्रेसको ३२ हजार बराबरको नगद तथा जिन्सी सहयोग

नेपाली काग्रेस म्याग्दीले स्थापना गरेका बिपद् ब्यवस्थान कोषबाट पाँच परिवारलाई दुई हजार पाँच सय रुपैयाँका दरले १२ हजार पाँच सय रुपैयाँ वडा अध्यक्ष पदम पुन र सदस्य गेमबहादुर घर्तिलाई उपलब्ध गराएको छ ।

तरुण दल म्याग्दीले १९ हजार एक सय रुपैयाँ मूल्य बराबरको खाद्यान्न वडा सदस्य घर्ति मार्फत बितरण गरेको छ । संबिधानसभा सदस्य तथा नेपाली काँग्रेस म्याग्दीका पुर्ब सभापति रेशमबहादुर बानिया, जिल्ला सदस्य मनकुमार बिश्वकर्मा, केबी भण्डारी, नगरसभापति अनोद श्रेष्ठ, तरुण दलका नेता हिरा पुन लगायतको टोलीले राहत हस्तान्तरण गर्नुभएको थियो ।

पिसी सिटीको खाद्यान्न र जिन्सी सहयोग

लायन्स क्लब बेनी पिसी सिटीले ग्यास सिलिण्डर, चुल्हो, राइसकुकर, चाउचाउ र चामल सहयोग गरेको छ । क्लवका नन्दु पुन, रेशम बुढाथोकी लगायतले राहत लिएर दूधेखोला जानुभएको थियो ।

दूधेखोलामा राहत लिएर पुगेकाहरुले बाढीले पु¥याएको क्षतिको निरिक्षण गरि थप क्षति हुन नदिन तटबन्ध गर्ने, बेनी–बरंजा सडक खुलाउने, खानेपानीको ब्यवस्थापन मिलाउन पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...