बेनीको सिसीटिभी बिग्रीए

Gandaki Ghumau

बेनी, । म्याग्दी सदरमुकाम बेनी बजारमा जडान गरिएका अधिकांश सिसिटिभी क्यामेरा बिग्रिएका छन् ।

नियमित मर्मत अभावमा सिसिटिभी क्यामेराले काम गर्न छोडेको हो । बजारका २० भन्दा बढी ठाउँमा राखिएको सिटिटिभी क्यामेराको कन्ट्रोल रुम जिल्ला प्रहरी कार्यालयमा छ । हाल ४ वटा मात्र सिसिटिभीले काम गरेको छ ।

बिद्युतका पोलमा राखिएका सिसिटिभी क्यामेरा तार चुडिने, जल्ने, टुट्ने भएर बिग्रिएका हुन् । प्रहरी नायव उपरिक्षक श्यामकुमार राइले आर्थिक स्रोत र दक्ष जनशक्ति अभावमा सिसिटिभी मर्मत गर्न नसकिएको बताउनुभयो ।

Shreekrishna

“हामीसँग बजेट छैन, पालिकाहरुलाई प्रस्ताव गरेका छौ,” उहाँले भन्नुभयो “स्थानीय स्तरमा दक्ष व्यक्ति उत्पादन गरेर नियमित रुपमा रेखदेख र मर्मत गर्ने जिम्मेवारी उसैलाई दिने हो भने सजिलो हुन्थ्यो ।”

Gunasthariya Shiksya

बेनी नगरपालिकाले गत आर्थिक वर्षमा बजारको सिसिटिभी क्यामेरा ब्यवस्थापन गर्न रु. एक लाख पचास हजार बिनियोजन गरेपनि समन्वय अभाव र बिवादले कार्यान्वयन भएन् । वडा, नगरपालिका र प्रहरी कार्यालय मध्य कसले मर्मत गर्ने भन्ने बिवाद देखिएको थियो ।

पाँच वर्षअघि म्याग्दी उद्योग बाणिज्य संघको अगुवाइमा बेनीमा सिसिटिभी जडान भएको थियो । सिसिटिभी क्यामेराको सहायताले बजारको विभिन्न चोक र संबेदनशिल क्षेत्रमा भएका गतिबिधीलाई निगरानी गर्न प्रहरीलाई सहज भएको थियो ।

लुटपाट, चोरी र दुर्घटना नियन्त्रणमा सहयोग पुगेको थियो । सम्भावित आपराधिक गतिबिधी नियन्त्रण र अनुसन्धानमा सिसिटिभी फुटेजको दृष्यले सहयोग गरेको थियो । बेनी नगरपालिकाका प्रवत्ता रामकृष्ण बराइलीले भने नगरपालिकाले सिसिटभीको नियमित मर्मत गरिरहेको प्रतिक्रिया दिनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...