म्याग्दीका तीन वटा बन समुह पुरस्कृत

Gandaki Kotihome

बेनी , म्याग्दीका उत्कृष्ट तीन वटा सामुदायिक बन उपभोक्ता समूहलाई पुरस्कृत गरिएको छ ।

डिभिजन बन कार्यालय म्याग्दीले बन तथा वातावरण संरक्षण, ब्यवस्थापन, चोरी शिकारी, डडेलो नियन्त्रणमा उत्कृष्ट काम गर्ने समूहलाई नगद सहित पुरस्कृत गरेको हो ।

Notice about ban dadalo

सातबिसे सामुदायिक बन मंगला–४ लाई रु. आठ हजार, कमेरे झ्याउले सामुदायिक बन बेनी–१ लाख रु. छ हजार र किम्लाखर्क सामुदायिक बन उपभोक्ता समूह अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीलाई रु. चार हजार सहित पुरस्कृत गरिएको निमित्त डिभिजनल बन अधिकृत सन्तोष खनालले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

जिल्ला बन क्षेत्र समन्वय समितिको बुधबार बसेको बैठकमा जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्रबहादुर केसी, निमित्त डिभिजनल बन अधिकृत खनाल लगायतले पुरस्कृत सामुदायिक बन उपभोक्ता समूहका पदाधीकारीलाई नगद र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । ति सामुदायिक बन समूहले आर्थिक वर्ष २०७६÷७७ मा सम्पादन गरेका कामको मूल्याङ्कनका आधारमा पुरस्कारका लागि छनौट गरिएको थियो ।

आर्थिक वर्ष २०७७÷७८ मा रघुगंगा गाउँपालिकाको कुइनेमंगलेमा थपिएको एक वटा सहित म्याग्दी जिल्लाभर ३१३ वटा सामुदायिक बन उपभोक्ता समूह छन् । आर्थिक वर्ष २०७७÷७८ मा डिभिजन बन कार्यालयले सञ्चालन गरेको कार्यक्रमको भौतिकतर्फ ९३ र बित्तीय तर्फ ८९ प्रतिशत प्रगति भएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...