कालीको पानी गलेश्वर उक्लिदै

Gandaki Pardesh notice

गलेश्वर । पश्चिमको पशुपतिनाथको रुपमा चिनिएको म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर मन्दिर परिसरमा भक्तजनले कालीगण्डकी नदीको पानीले स्नान गर्न पाउने भएका छन् ।

कालीगण्डकी नदीको पानी तानेर गलेश्वर शिवालय मन्दिर परिसरमा निर्माण भएको धारामा स्नान गर्न पाउने ब्यवस्था मिलाउन लागिएको हो । मन्दिर परिसरमै कालीगण्डकीको पानी ल्याएपछि स्नानका लागि जोखिम मोलेर नदी किनारमा पुग्नुपर्ने बाध्यता हट्नेछ ।

गलेश्वरधाम कालीगण्डकी पम्पिङ खानेपानी उपभोक्ता समितिका सचिब राम बानियाले भौतिक संरचना निर्माण भइसकेको आयोजना छिट्टै सञ्चालनमा ल्याउन लागिएको बताउनुभयो । खानेपानी, जलस्रोत तथा सिचाई बिकास डिभिजन कार्यालय म्याग्दीको सहयोगमा भक्तजनलाई स्नान सुबिधाका लागि लिफ्ट प्रबिधीको खानेपानी आयोजना निर्माण भएको हो ।

Shreekrishna hardwear in news

“मुहानमा इनार र ओभरहेड प्रबिधीको रिजर्भ टंकी निर्माण तथा पानी तान्ने उपकरण जडान भइसकेको छ,” सचिव बानियाले भन्नुभयो “पाइप र धारा जडान गरेपछि कालीगण्डकीको पानीलाई गलेश्वर मन्दिर परिसरमा ल्याएर स्नान गर्ने सकिन्छ ।”

Bhautik ministry notice about road

आर्थिक वर्ष २०७५÷७६ मा रु. दुई लाख, २०७६÷०७७ मा रु. पाँच लाख ७६ हजार र चालु आर्थिक वर्ष २०७७÷७८ मा रु. ३५ लाख बिनियोजन भएको थियो । यस वर्ष बिनियोजन भएको मध्य रु. २९ लाख खर्च गरेर मुहान संरक्षण गर्न १४४ थान ग्यावीयन पर्खाल, पानी संकलन गर्ने टंकी र धारा निर्माण भएको सचिब बानियाले बताउनुभयो ।

कालीगण्डकी किनारमा ९ मिटर गहिरो इनार बनाइएको छ । इनारभित्र राखिने बिद्युतबाट चल्ने सम्पवयलको सहायताले ४५ मिटर माथि रहेको टंकीमा पानी खसाल्ने योजना छ । जमिनदेखि करिब २० फिट अग्लो २५ हजार लिटर क्षमताको ओभरहेड टंकीको पानी ११ वटा धारामा खसालेर स्नान गर्ने ब्यवस्था मिलाउन लागिएको हो ।

गत चैतमा बजेट ब्यवस्थापन भएको आयोजना छोटो अवधिमा काम गर्नुपर्ने भएकाले पूर्णता दिन नसकिएको उपभोक्ता समितिले जनाएको छ । नयाँ आर्थिक वर्षको पहिलो महिनामै गलेश्वर मन्दिरको आन्तरिक स्रोतबाट बजेट ब्यवस्थापन गरेर लिफ्ट प्रबिधीको सो आयोजना सञ्चालन गर्ने तयारी उपभोक्ता समितिको छ ।

कालीगण्डकी किनारमा ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वर मन्दिर दर्शन र पुजाआजाका लागि आउने भक्तजन हाल स्नानका लागि नदी किनारमा पुग्नुपर्छ । मन्दिर परिसरमै कालीगण्डकीको पानी आएपछि स्नानका लागि किनारमा जाने समय बचत हुने, झञ्जट र दुख नहुने तथा स्नानका क्रममा चिप्लीले, नदीले बगाउने जस्ता जोखिम नहुने अपेक्षा गरिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...