सडक सञ्जालमा जोडिदै कटुञ्जे

Gandaki Pardesh notice

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ को कटुञ्जे गाउँ जोड्ने सडक निर्माण सुरु भएको छ ।

स्थानीय पुर्बाधार साझेदारी कार्यक्रम र गाउँपालिकाको बजेटमा ठूलोबगर भिरको पहाड छिचोलेर कटुञ्जेमा सडक पु¥याउन लागिएको हो । संघीय सांसद भुपेन्द्र थापाको सिफारिसमा बिनियोजन भएको साझेदारी कार्यक्रमको रु. दश लाख र गाउँपालिकाले बिनियोजन गरेको रु. आठ लाख बजेटबाट सडक निर्माण सुरु भएको छ ।

Bhautik ministry notice about road

चालु आर्थिक वर्ष भित्र्नै कटुञ्जेमा सडक पु¥याउने लक्ष्य सहित उपभोक्ता समिति मार्फत सडकको मार्ग निर्माण भइरहेको वडा अध्यक्ष ओमप्रकाश फगामीले बताउनुभयो । गत पुषमा दोवाको सुनारी देखि छ्यारछ्यारेको भिर छिचोलेर ठूलोबगर सम्म सडक पु¥याइएको थियो ।

Shreekrishna hardwear in news

ठूलो बगर देखि कटुञ्जे भिरसम्म करिब तीन किलोमिटर सडक यसअघिनै निर्माण भएको थियो । ठूलोबगरमा १२ र कटुञ्जेमा २५ घरपरिवारको बसोबास छ । ठूलोबगर ब्यवसायिक तरकारी र कटुञ्जे सुन्तला खेतीको लागि पकेट क्षेत्र हो ।

सडक सुबिधा भएपछि आवत–जावतका साथै ढुवानी र कृषि उपज निकासीमा सहज हुने अपेक्षा गरिएको छ । कटुञ्जेमा सडक पुगेपछि भुरुङ्ग–तातोपानीका सबै बस्तिमा यातायात सुबिधा पुग्नेछ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...