बेनी अस्पतालमा आन्द्रा काटेर जोड्ने शल्यक्रिया सफल

Gandaki Kotihome

बेनी । म्याग्दीको सदरमुकाम स्थित बेनी अस्पतालमा पहिलो पटक आन्द्रा काटेर जोड्ने शल्यक्रिया सफल भएको छ ।

कोरोना .(भाइरस)को महामारीको जोखिम र सिमित स्रोत साधन तथा भौतिक पूर्बाधारका बावजुद बेनी अस्पतालका चिकित्सक नवराज बस्ताकोटी, इश्वर पौडेल सहित स्वास्थ्यकर्मीहरुको टोलीले शल्यक्रिया गरेका हुन् ।

पर्वतको जलजला गाउँपालिका–३ का ४२ वर्षीय पुरुषको सानो आन्द्राको केही भाग काटेर आन्द्रा जोड्ने शल्यक्रिया सफल भएपछि डिस्चार्ज गरिएको चिकित्सक बस्ताकोटीले शुक्रबार जानकारी दिनुभयो ।

Upper Myagdi transmition line notice

“पेट दुख्ने र फुल्ने समस्या लिएर अस्पतालमा आएका बिरामीको हर्नियाको भित्र सानो आन्द्रा अड्किएर उक्त आन्द्रा मरेको अवस्थामा थियो,” उहाँले भन्नुभयो “शल्यक्रियाको क्रममा आन्द्राको खराब भएको भाग काटेर फाली पुनः जोडिएको थियो ।”

Annapurna aarohan ko notice

कोरोनाको जोखिमका कारण घरमै बसेका बिरामी दुखाइको पिडा सहन नसकेपछि अन्तिम अवस्थामा अस्पताल आउनुभएको थियो । उहाँ निको भएर घर फर्कनुभएको छ । पाठेघर बाहिर बच्चा बसेको, बच्चा अघि साल निस्किएको सहित केही दुर्लभ शल्यक्रिया भएको बेनी अस्पतालमा हर्नियाको भित्र अड्कीएको आन्द्रा काटेर फाल्ने र जोड्ने शल्यक्रिया भने पहिलो पटक भएको हो ।

कोरोना महामारीबाट संक्रमित भएकाहरुको आइसोलेशनमा उपचारको साथसाथै अस्पतालले बहिरंग बाहेकका अन्य सेवा निरन्तर दिइरहेको छ । शल्यक्रिया मार्फत गरिने प्रसुति, सामान्य प्रसुति, मृगौलाको डायलाईसीस र भर्ना गर्नुपर्ने बिरामीलाई नियमित सेवा दिइरहेको हो ।

हाइड्रोशिल, हर्नीया र इपेन्डिसाइट्सको अप्रेशन गर्दै आएको बेनी अस्पतालले गत साउनदेखि मृगौलापिडितको डायलाइसीस सेवा सुरु गरेको थियो । ५ शैयाको सघन उपचार कक्ष भने दरबन्दि अनुसारका चिकित्सक र स्वास्थ्यकर्मी नहुँदा सञ्चालन भएको छैन् । कोरोना संक्रमितको उपचारका लागि हाइ डिफिसेन्सी युनिट (एचडियु) र अक्सिजन सहितको २० शैया क्षमताको छुट्टै आइसोलेशन सञ्चालन गरेको छ ।

बेनी अस्पतालले आँखा र दन्त उपचार सम्बन्धी पनि सेवा दिने गरेको छ । छ वर्षअघि १५ बाट पचास शैया क्षमतामा स्तरोन्नति भएपछि बेनी अस्पतालमा पूर्वाधार, जनशक्ति, औजार र उपकरण थपिदै गएको छ ।

निर्माणाधिन पचास शैया क्षमताको भवनलाई पुर्णता दिन र दरबन्दि अनुसार विशेषज्ञ चिकित्सक सहितका जनशक्ति उपलब्ध भएमा बेनी अस्पतालको सेवालाई अझै प्रभावकारी बनाउन सकिने अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस