मंगलामा दश दिन निषेधाज्ञा गर्न सिफारिस

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी । तिब्र रुपमा फैलिएको कोरोना (भाइरस)को संक्रमण नियन्त्रणका लागि म्याग्दीको मंगला गाउँपालिकामा निषेधाज्ञा गर्न सिफारिस भएको छ ।

गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाको अध्यक्षतामा शनिबार बाबियाचौरमा बसेको सर्वपक्षीय बैठकले दश दिन निषेधाज्ञा गर्न कोभिड १९ जिल्ला संकट ब्यवस्थापन केन्द्र र सुरक्षा समितिलाई सिफारिस गरेको हो ।

२०७७ बैशाख २६ गते राती १२ बजेदेखि दश दिनका लागि निषेधाज्ञा गर्न सिफारिस भएको मंगलाका प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले जानकारी दिनुभयो । “भोली डिसिसिएमसी र जिल्ला सुरक्षा समितिको बैठकमा हाम्रो सिफारिसको बिषयमा छलफल हुनेछ,” उहाँले भन्नुभयो “गाउँ गाउँमा पनि कोरोना संक्रमण फैलिएकाले रोकथाम गर्न निषेधाज्ञा गर्न सुझाव आएपछि निर्णय गरेका हौ ।”

Shreekrishna

निषेधाज्ञाको अवधीमा अत्यावश्यक बाहेकका गतिबिधी र आवत जावतमा निषेध गरिन्छ । हाल मंगला गाउँपालिकामा १५ जना सक्रिय संक्रमित छन् । केही दिनअघि कुहँुका एक जना संक्रमित बृद्धाको पोखरामा उपचारको क्रममा ज्यान गएको थियो । वडा न. १, २ र ५ नम्बर वडामा बढी मात्रामा संक्रमित भेटिएका छन् ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

दुई जना संक्रमितको अर्मन स्वास्थ्य चौकीमा स्थापना गरिएको कोरोना अस्पतालमा उपचार भइरहेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक लेखनाथ रोकाले बताउनुभयो । जटिल अवस्थाका संक्रमित बेनी, पोखरामा उपचार गरिरहेका छन् । स्वास्थ्य अवस्था सामान्य भएका संक्रमितहरु होम आइसोलेशनमा छन् । ।

कोरोना रोकथाम गर्न बेनी नगरपालिका क्षेत्रमा बैशाख २३ गते रातीदेखि ३१ गतेसम्म निषेधाज्ञा गरिएको छ । धवलागिरी गाउँपालिका, वडा कार्यालय र सेवा केन्द्रको सेवा अनिश्चितकालका लागि बन्द भएको छ । धवलागिरीको ६ र ७ नम्बर वडा सिल गरिएको छ । मालिका गाउँपालिकामा पनि कोरोना नियन्त्रणको रणनीति बनाउन आइतबार सर्बपक्षीय बैठक बोलाइएको छ ।

यसैगरी शनिबार म्याग्दीमा पाँच जना कोरोना भाइरसका संक्रमित थपिएका गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । संक्रमित हुनेमा रघुगंगा गाउँपालिकाका दुई र बेनी नगरपालिकाका तीन जना छन् ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...