सर्वोदय माविलाई फिल्टर सहयोग

Gandaki Pardesh notice

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग–तातोपानी स्थित सर्वोदय माविलाई एक जना प्रवासीले फिल्टर सहयोग गर्नुभएको छ ।

Bhautik ministry notice about road

भुरुङ्ग–तातोपानी घर भई हाल अस्टे«लीयामा रहनुभएका गोपाल रन्तिजाले १४ थान फिल्टर उपलब्ध गराउनुभएको हो । गोपालका दाजु प्रेम रन्तिजाले सोमबार बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बुद्धी पुन र शिक्षक अभिभावक संघका अध्यक्ष लोकबहादुर पुर्जालाई फिल्टर हस्तान्तरण गर्नुभएको थियो ।

फिल्टरमा पानी राखेर बिद्यार्थीहरुलाई शुद्ध खानेपानी बितरण गर्न सजिलो भएको बिद्यालयका सहायक प्रअ गोबिन्द थापाले बताउनुभयो । कक्षा १२ सम्म पठनपाठन हुने बिद्यालयमा २८२ जना बिद्यार्थी छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...