मालिकाको तीस प्रतिशत बजेट खर्च

Gandaki Pardesh notice

बेनी । म्याग्दीको मालिका गाउँपालिकाले चालु आर्थिक वर्ष २०७७÷७८ को आठ महिनाको अवधिमा तीस प्रतिशत बजेट खर्च गरेको छ ।

कुल ४४ करोड १८ लाख ८३ हजार ४६८ रुपैयाँ बजेट बिनियोजन गरेको मालिकाले २०७७ फागुन मसान्त सम्म १३ करोड ३६ लाख ८३ हजार ९५६ रुपैयाँ बजेट खर्च गरेको हो । चालु तर्फ २३ करोड ३२ लाख २७ हजार ४८६ रुपैयाँ बिनियोजन भएकोमा आठ करोड ८१ लाख ६७ हजार ७१६ रुपैयाँ खर्च भएको छ ।

पुजिगत तर्फ कुल २० करोड ८६ लाख ५६ हजार रुपैयाँ बिनियोजन भएकोमा चार करोड ५५ लाख १६ हजार २३९ रुपैयाँ खर्च भएको लेखा अधिकृत फडिन्द्र आचार्यले बताउनुभयो । पुर्बाधार सम्बन्धी २१५ वटा योजना योजना छनौट भएकोमा १३९ वटा सम्झौता भएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

३१ वटा योजना निर्माण सम्पन्न भएको र त्यतीकै संख्याका योजनाहरु निर्माण सकेर अन्तिम किस्ता भुक्तानीका लागि अनुगमनको चरणमा रहेका उपाध्यक्ष खरमाया बिटालुले जानकारी दिनुभयो । उहाँका अनुसार ५ वटा झोलुङ्गे पुल निर्माणाधिन छन् । छ्यारछ्यारेमा बहुउद्देश्यिय सभाहल निर्माण सकिएको छ ।

डाडागाउँमा वडा न. ३को वडा कार्यालय भवन र दरवाङ–खारा–बिम सडक स्तरोन्नति योजना ठेक्का मार्फत कार्यान्वयन गरिएको छ । दरवाङ बजारको कटान रोकथामका लागि नदी नियन्त्रण र ढल निकास आयोजना ठेक्का प्रक्रियामा छन् ।

योजना सम्झौतासँगै कार्यान्वयनलाई तिब्रता दिइएकाले चैत देखि पुजिगत खर्चको दर बढ्ने उपाध्यक्ष बिटालुले बताउनुभयो । सडक निर्माण, स्तरोन्नति, खानेपानी, सिचाई, पदमार्ग, भवन, नदी तथा पहिरो नियन्त्रण, खेलमैदान निर्माण सम्बन्धी योजनालाई प्राथमिकता दिइएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...