रोटरी क्लबद्धारा मल्लाजका बिद्यार्थीलाई छात्रवृत्ति

Gandaki Pardesh notice

बेनी । रोटरी क्लव अफ कान्तिपुरले पर्वतको जलजला गाउँपालिका–३ मल्लाजमा रहेको बिद्याज्योति माबिका बिद्यार्थीलाई छात्रवृत्ति बितरण गरेको छ ।

क्लबद्धारा स्थापित निर्मला ब्यास छात्रवृत्ति कोषबाट १५ जना गरिब तथा जेहेन्दार बिद्यार्थीलाई छात्रवृत्ति बितरण गरिएको हो । कक्षा १ देखि १० सम्म अध्ययन गर्नेलाई जनही दुई हजार र ११ र १२ का बिद्यार्थीलाई जनही तीन हजार पाँच सयका दरले छात्रवृत्ति उपलब्ध गराइएको बिद्यालयले जनाएको छ ।

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मुरारी शर्माको अध्यक्षतामा भएको कार्यक्रममा क्लवका पुर्ब अध्यक्ष समेत रहनुभएका माझफाँटका धु्रब कुँवरले छात्रवृत्ति बितरण गर्नुभयो । यसैगरी हाल दक्षिण कोरीयामा रहनुभएका जलजला–३ माझफाँटका सुनील बरुवालको पहलमा कोरियाका आमाहरुको आर्थिक सहयोगमा ५५ जना बिद्यार्थीहरुलाई स्विटर बितरण गरिएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road


सुनीलकी आमा रेशमकुमारी बरुवालले कक्षा नर्सरी देखि ५ सम्म पढ्ने ५५ जनालाई स्विटर बितरण गर्नुभएको थियो । यसैगरी शिक्षक हरीप्रसाद पौडेलले शैक्षिक र अर्का शिक्षक सबिता गौडेलले पूजा सामग्री विद्यालयलाई उपलब्ध गराउनुभएको थियो ।

प्रअ रघुनाथ आचार्यले स्वागत गर्नुभएको कार्यक्रम शिक्षक हिराबहादुर बरुवालको सञ्चालनमा सम्पन्न भएको थियो । बिद्यालयले सहयोगदाताहरुलाई धन्यवाद ज्ञापन गरेको छ । क्लवले दश वर्षदेखि बिद्याज्योतिमा छात्रवृत्ति उपलब्ध गराउदै आएको छ । सुरुका सात वर्ष प्रति विद्यार्थी एक हजार पाँच सयका दरले छात्रवृत्ति दिदै आएको क्लवले तीन वर्षअघि रकम बढाएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...