दरवाङमा नेकपाको प्रचण्ड–नेपाल समूहको पालिका स्तरीय कार्यकर्ता भेला

Gandaki Pardesh notice

बेनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले शुक्रबार दरवाङमा मालिका गाउँपालिकाका अगुवा कार्यकर्ताहरुको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।


प्रधानमन्त्री केपी ओलीले गरेको असंबैधानिक संसद बिघटन र संबैधानिक नियुक्तिको बिरोध तथा प्रतिनिधिसभा पुनस्थापनाको माग सहित आन्दोलनमा रहेको प्रचण्ड नेपाल समूहले गरेको सो भेलामा मालिकाका जनप्रतिनिधि र अगुवा कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति थियो ।

“प्रतिकुल मौसमका बावजुद जनप्रतिनिधि लगायत अगुवा कार्यकर्ताको उपस्थितिमा भेला सम्पन्न भयो,” नेकपा म्याग्दीका कार्यालय सदस्य रेशम जुग्जालीले भन्नुभयो “पुर्ब एमालेका साथिहरुको उल्लेख्य उपस्थिति रह्यो ।”
नेकपा मालिका गाउँपालिका कमिटीका सचिब गोबिन सिउथानीको अध्यक्षतामा भएको भेलालाई संसोधन गर्दै नेकपा म्याग्दीका अध्यक्ष एवम संविधान सभा सदस्य गोविन्द पौडेलले लामो संर्घष र बलिदानबाट प्राप्त उपलब्धीहरुलाई मास्न लागि परेका केपी ओलीले पञ्च¥याली गरेको बताउनुभयो ।
उहाँले संविधानमा भएको व्यवस्थालाई लत्याएर ओलीले संसद विघटन गरेको र गैरसंवैधानिक तवरले संवैधानिक निकायमा नियुक्त गरेको बताउनुभयो । ‘‘ओलीका प्रतिगामी कदमले २००७ सालदेखिको संघर्षबाट प्राप्त उपलब्धीहरु धरापमा परेका छन्, पार्टीको बैठकमा नजाने, कमिटीमा छलफलमा नबस्ने र एकलौटी ढंगले गैरसंवैधानिक तवरले संसद विघटन गर्ने कार्यलाई कुनैपनि दृष्टिकोणमा सहि मान्न सकिँदैन’’–पौडेलले भन्नुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road


तत्कालिन एमाले र माओवादी केन्द्र विघटन गरि नेकपा गठन भैसकेकाले तत्कालिन दुबै पार्टीको अस्तीत्व नभएको र नेकपाको मुल धारको नेतृत्व गरेका प्रचण्ड–नेपाल समूहसंग नै बहुमत रहेकाले निर्वाचन आयोगबाट समेत यहि समूहले आधिकारिकता पाउने पौडेलको दावि छ ।


भेलालाई नेकपा गण्डकी प्रदेश कमिटि सदस्य टेक विश्वकर्मा, जिल्ला कार्यालय सदस्य बालकृष्ण सुबेदी, रेशम जुग्जाली र राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य कृष्णकुमार बिश्वकर्माले ओली नेतृत्वको सरकारले संसदमा पेश गरेका कुनै पनि विद्येयक र नीति तथा कार्यक्रमलाई असफल नबनाएको कारण पार्टीले सरकारलाई असहयोग गरेको भन्नु हास्यास्पद रहेको बताउनुभयो ।


मुलुकमा स्थायीत्व, आर्थिक विकास र समृद्धिको यात्रामा अघि बढ्नुपर्नेमा ओलीले सिंगो कम्युनिष्ट आन्दोलन र पार्टीलाई घात गरि प्रतिगमनको बाटोमा लागेको टिप्पणी गर्नुभयो । रामु रिजालले सञ्चालन गर्नुभएको कार्यक्रममा दरवाङको वडा कमिटि अध्यक्ष तथा राष्ट्रिय युवा संघको मालिका गाउँपालिका कमिटिका अध्यक्ष अनुप गौचनको स्वागत गर्नुभएको थियो ।
भेलामा वडा न. २ का वडा अध्यक्ष नरबहादुर पुन, वडा न. ३ का अध्यक्ष हेमबहादुर पुन, वडा सदस्य पथबहादुर रोका, समबहादुर बिक लगायत जनप्रतिनिधिको उपस्थिति थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...