बर्षा, हिमपात र चिसोले जनजिबन प्रभावित (फोटो फिचर )

Gandaki Pardesh notice

बेनी । म्याग्दीको लेकाली क्षेत्रमा शुक्रबार बिहानदेखि सुरु भएको हिमपातसँगै बढेको चिसोले जनजिबन प्रभाबित भएको छ ।

धवलागिरी गाउँपालिकाको गुर्जा र अन्नपूर्ण गाउँपालिकाको घोडेपानीमा हिउँ परेको हो । घोडेपानी टोल सुधार समितिका अध्यक्ष बिरेन गर्बुजाले बिहान देखि परेको हिउँ जम्न थालेको बताउनुभयो ।

“गत असोज दोस्रो हप्तापछि बल्ल अहिले बर्षा र हिउँ परेको हो,” उहाँले भन्नुभयो “यो वर्ष पहिलो पटक परेको हिउँले डाडाकाडा सेताम्मे भएको छ ।” चिसोले धाराको पानी जम्न थालेको छ । घोडेपानीमा एक फिट भन्दा बाक्लो हिउँ जमेको छ । गुर्जामा पनि हिउँ परेपछि सञ्चार सम्पर्क बिच्छेद भएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

चिसो बढेपछि सर्बसाधारण आगो तापेर घरभित्रै बसेका छ । मुना देखि लुलाङ हुदै गुर्जा जाने पैदलमार्ग पनि बाटोमा हिउँ जमेर अवरुद्ध हुने गर्छ । गत असोजको दोस्रो हप्तादेखि म्याग्दीमा बर्षा भएको थिएन् । यो वर्ष पहिलो पटक हिमपात भएको हो ।

सुख्खा र खडेरीले गहुँ, जौ, तोरी, आलु लगायत हिउँदे बाली प्रभावित भएको थियो । धवलागिरी गाउँपालिका–७ काफलडाडाका रेशम शर्माले करिब पाँच महिनापछि भएको बर्षाले कृषकलाई राहत मिलेको बताउनुभयो ।

“खेतबारीमा लगाएको हिउँदेबाली सुक्न थालेका थिए,” उहाँले भन्नुभयो “बर्षाले आकाशे पानीको भरमा खेती गर्ने सिचाई सुबिधा नभएका ठाउँका कृषक खुसी भएका छन् ।” आकाशे पानी र हिउँले जमिन चिसो बनाउने, मल भिजेर बिरुवाका लागि आवश्यक तत्व आपुर्ति हुने र उत्पादन बढ्न सहयोग पुग्ने कृषकहरु बताउँछन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...