कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत आयोजनाले पुन विद्युत उत्पादन थाल्यो

Gandaki Ghumau

म्याग्दी, ः बाढीले क्षति पु¥याएपछि बन्द भएको राहुघाट जलविद्युत आयोजना ११ दिनपछि बिहिबारदेखि पुनःसञ्चालनमा आएको छ ।

म्याग्दीको रघुगंगा गाउँपालिका–३ तिल्केनीचौर स्थित विद्युतगृह क्षेत्रमा ११ असोजमा कालीगण्डकी नदीमा आएको बाढीबाट क्षति पुगेपछि ४० मेगावाट क्षमताको आयोजना बन्द भएको थियो ।

आयोजनाको प्रर्वद्धक नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले आवश्यक मर्मत तथा प्राबिधिक कार्य सम्पन्न गरि २० मेगावाट क्षमताको एक वटा युनिट सञ्चालनमा ल्याएको जानकारी दिनुभयो ।

Shreekrishna

आयोजनाको विद्युत्गृहबाट विद्युत् उत्पादनपछि पानीलाई कालीगण्डकी नदीमा पठाउन प्रयोग हुने टेलरेस गेटमा बाढीले क्षति पु¥याएको थियो । कालीगण्डकीले धार परिवर्तन गरि स्विचयार्ड नजिकैसम्म कटान गर्नुका साथै टेलरेसबाट विद्युत्गृहभित्र पानी प्रवेश गरी डुबानमा परेको थियो ।
हालै निर्माण सम्पन्न भई असोजको पहिलो सातादेखि परीक्षणका रूपमा विद्युत् उत्पादन सुरु गरेको आयोजना बाढीका कारण पूर्णरुपमा बन्द भएको थियो । विद्युत्गृहमा जम्मा भएको पानी हटाइ बाढीबाट क्षतिग्रस्त संरचना तथा उपकरण मर्मत गरी एक विद्युत उत्पादन पुनःशुरु गरिएको आयोजना प्रमुख राजबहादुर बिष्टले बताउनुभयो ।

Gunasthariya Shiksya

“बाढीबाट क्षतिग्रस्त संरचना तथा उपकरण मर्मत गरी ११ दिनमै एउटा युनिटबाट विद्युत् उत्पादन सुरु गरेका छौं,” उहाँले भन्नुभयोे, “२० मेगावाट क्षमताको अर्को युनिट छिट्टै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।”

राहुघाट जलविद्युत् आयोजनामा २०÷२० मेगावाट क्षमताका दुइटा युनिट छन् । आयोजनाबाट उत्पादित विद्युत् कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन मार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ । अवरुद्ध बनेको पहुँचमार्ग मर्मतका साथै झिँ र दग्नामको सिमानामा रहेको बाँध क्षेत्रमा थुप्रिएको गेग्रान पनि पन्छाइएको छ ।

कालीगण्डकी नदीमा गेग्रान मिसिदा बाढीको सतह बढेर ग्राबेलको बेस भएको कालीगण्डकी किनारबाट विद्युतगृहतर्फ कटान गरेर बग्दा चिन र भारत जोड्ने बेनी–जोमसोम–कोरला सडकको करिब एक सय ५० मिटर सडक पनि बगाएको छ । विद्युतगृह स्थलमा निर्माण गरिएको ‘स्विचयार्ड’ पनि नदी कटानको उच्च जोखिममा परेको छ ।

राहुघाट जलविद्युत आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एशोसियट्सका सवारी साधन र उपकरणहरु पनि बाढीले बगाएको छ । कालीगण्डकी नदीमा आएको बाढीले अन्नपूर्ण गाउँपालिका–१, दोवाको भिरकाटपारिका दुई र धिरच्याङको एउटा प्रसारण लाइनको टावर बगाएको छ । नेपाल विद्युत् प्राधिकरण पोखरा ग्रिड महाशाखाका प्रमुख रोशन खड्काले क्षतिग्रस्त टावर र प्रशारण लाइन मर्मतका लागि प्राबिधिक टोली परिचालन गरिएको बताउनुभयो ।

दाना–खुर्कोट प्रसारण लाइनबाट केन्द्रीय प्रणालीमा विद्युत् आपूर्ति गराउँदै आएका अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा पाँच मेगावाट क्षमताको घलेम्दीखोला, ४२ मेगावाट क्षमताको मिस्त्रीखोला, ३८ मेगावाट क्षमताको नीलगिरि–१, ७१ मेगावाट क्षमताको नीलगिरि–२ र छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाबाट विद्युत् प्रसारण बन्द भएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...