आर्थिक वर्षको अन्तिम दिनमै म्याग्दी प्रशासनको समीक्षा, बेरुजु शून्य बनाउने तयारी

Gandaki Ghumau

बेनी, ः जिल्ला प्रशासन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक प्रगति प्रतिवेदन सार्वजनिकका साथै म्याग्दीमा रहेका र कार्यक्षेत्र भएका कार्यालयका प्रमुखहरुसँग बिहिबार समिक्षा गरेको छ ।

प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा संघ, प्रदेश सरकार मातहतका कार्यालय प्रमुख र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुले आर्थिक वर्ष २०८२÷०८३ को वित्तीय, भौतिक प्रगति, मुख्य उपलब्धीको विवरण प्रस्तुत गरेका थिए ।

जिल्लाका कार्यालयहरुको काम कारबाहीको बारेमा जानकारी लिन र आगामी आर्थिक वर्षको सेवा प्रवाह तथा विकास निर्माणलाई थप प्रभावकारी बनाउने उद्देश्यले आर्थिक वर्षको अन्तिम दिननै वार्षिक समिक्षा कार्यक्रम आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले बताउनुभयो ।

Shreekrishna

“फुर्सदको समयमा भदौ असोज तिर औपचारिकताका लागि समिक्षा कार्यक्रम गर्ने प्रवृतिलाई तोडेर तत्कालै समिक्षा गर्दा प्रभावकारी भएको महशुस गरेका छौ,” उहाँले भन्नुभयो “सकारात्मक उपलब्धीको बारेमा जानकारी लिने, बस्तु अवस्था बुझ्ने र आगामी आर्थिक वर्षको काम कारबाहीलाई प्रभावकारी बनाउन सहजिकरण, निर्देशन र समन्वय गर्न सहज होस भन्ने उद्देश्यले आर्थिक वर्षको अन्तिम दिन सम्भवत नेपालमै पहिलो पटक म्याग्दीले समिक्षा गरेको छ ।”

कार्यक्रममा प्रजिअ आचार्यले नियमित गर्नुपर्ने बेरुजुको कागजात तथा प्रमाण पु¥याउन तथा असुल उपर गर्नुपर्ने बेरुजुको विषयमा कार्ययोजना बनाएर काम गर्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुभयो ।

प्रशासन कार्यालयले गत आर्थिक वर्षमा पाँच हजार तीन सय ४८ जनालाई बंशजको आधारमा नयाँ, तीन हजार दुई सय ६६ जनालाई प्रतिलिपि, दुई जनालाई बैवाहिक अंगिकृत, आठ जनालाई गैरआवासीय र १६ जनालाई आमाको नामबाट नागरिकता वितरण गरेको छ ।

Gunasthariya Shiksya

उहाँका अनुसार राहदानी शूल्क वापत रु. दुई करोड ६६ लाख ५० हजार सात सय ५० सहित प्रशासनबाट रु. दुई करोड ७५ लाख ५५ हजार ३३ राजस्व संकलन भएको छ । गत वर्ष रु. सात लाख १२ हजार सात सय ३० बेरुजु फस्यौट गरेको कार्यालयले बाँकी रहेको रु. ३५ हजारलाई पनि फस्यौट गरि बेरुजु शून्य बनाउने तयारी गरेको प्रजिअ आचार्यले बताउनुभयो ।

प्रशासनले वि.स. २०८२ माघ १ गतेदेखि राहदानी र राष्ट्रिय परिचयपत्रको अनलाइन फारम भरिदिने, सबै प्रकारका निवेदन र फारम उपलब्ध गराउने तथा भरिदिने, फोटोकपी, प्रिन्ट, स्क्यान र इमेल मार्फत पत्राचारको सुविधा निशूल्क उपलब्ध गराउन थालेको थियो ।

आर्थिक वर्ष २०८२÷८३ मा चार हजार आठ सय ६१ जनाले राहदानीको साधारण र ५५ जनाले द्रुत सिफारिस गरेका मध्य निशूल्क राहदानी फारम भर्ने सुविधा लिनेको संख्या छ सय १० जना मात्र रहेको छ ।

यसैगरी गत आर्थिक वर्षमा १२ हजार एक सय ३१ जनाले राष्ट्रिय परिचयपत्रको फारम भरेका मध्य प्रशासनबाट निशूल्क सेवा लिनेको संख्या एक हजार तीन सय २० जना रहेको छ । गत वर्ष चार हजार सात सय ५७ वटा प्रशासन र हुलाक कार्यालय मार्फत ६० वटा राहदानी वितरण भएको छ ।

कार्यालयबाट एक हजार तीन सय १३ र घुम्ति शिविर मार्फत पाँच सय ३८ जनालाई राष्ट्रिय परिचयपत्र वितरण भएको छ । सेवाग्राही लिन नआएपछि वि.स. २०८० अघि फारम भरेका दश हजार भन्दा बढी राष्ट्रिय परिचयपत्र प्रशासनमा थन्किएका छन् ।

प्रशासन कार्यालयले निशूल्क सेवामा देखिएको कमजोरी पहिचान, समिक्षा गरि प्रचारप्रसारमा जोड दिन र राष्ट्रिय परिचयपत्र वितरणलाइ तिब्रता दिन स्थानीय तह तथा सरोकारवालाहरुसँग समन्वय गर्नुपर्ने देखिएको छ ।

प्रशासन कार्यालयमा नागरिक सहायता कक्ष स्थापना गरेर १० प्रकृतिका सेवालाई कार्यालयबाटै निशूल्क उपलब्ध गराउने र अपाङ्गता भएका, गर्भवति, दूधे बच्चा भएका, जेष्ठ नागरिक र टाढाबाट आएका सेवाग्राहीलाई प्राथमिकता दिएर सेवा उपलब्ध गराउने ब्यवस्था मिलाइएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...