पूर्वाधारमन्त्री लम्सालद्धारा बेनी–जोमसोम सडक निरिक्षण

Gandaki Ghumau

बेनी, ः पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले चिन र भारत जोड्ने कालिगण्डकी कोरिडोर अन्र्तगत आइतबार बेनी–जोमसोम खण्डको निरिक्षण गर्नुभएको छ ।

पर्वतको कुश्मा नगरपालिका १ पाङ देखि म्याग्दीको बेनी नगरपालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुदै मुस्ताङ जोड्ने सडकको म्याग्दी खण्डका पहिरोहरुको निरिक्षण गर्नुभएको हो ।

बेनी–जोमसोम सडकमा पर्ने पहिरो र कटान रोकथामको काम अघि बढाउन अध्ययन गरि ठेक्का प्रक्रियामा लैजान मन्त्री लम्सालबाट निर्देशन प्राप्त भएको बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माले बताउनुभयो ।

Shreekrishna

“मन्त्रीज्यूले मालढुङ्गा देखि कोरला नाकासम्मको दुई सय दुई किलोमिटर सडकको निरिक्षण गरेर फर्कनुभएको छ,” उहाँले भन्नुभयो “उहाँको निर्देशन अनुसार बेनी–जोमसोम–कोरला सडकको पहिरो र कटानको समस्या समाधानका लागि अध्ययन गरेर काम अघि बढाउछौ ।”

बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत १४ ठाउँमा ठूला पहिरो छन् । म्याग्दीका प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले रघुगङ्गा गाउँपालिका–१ बेगखोला, वडा नं २ माझखर्क, कुनौटो, रिठाबोट, वडा नं ३ मा पर्ने बैसरी, चमेरेमा पहिरोले सडक निर्माण तथा यातायात सञ्चालन प्रभावित बनाएको जानकारी गराउनुभएको थियो ।

Gunasthariya Shiksya

यात्रुलाई सास्ती, दुर्घटनाको जोखिम र पहिरो पन्छाउने काममा राज्यको व्ययभार बढेकाले दिर्घकालिन समाधानका विषयमा प्रजिअ आचार्य, आयोजनाका प्रमुख लगायतको टोलीले मन्त्री लम्सालको ध्यानकर्षण गराउनुभएको थियो । मन्त्री लम्सालले पहिरो रोकथाम सम्भव नहुने ठाउँमा डाइभर्सनको विकल्पका विषयमा पनि अध्ययन गर्न निर्देशन दिनुभएको थियो ।

आयोजना मार्फत बैसरी, कुनौटा, महभिर, गुइठे, खामभित्ता, लाटोखोला, रुप्से, सेतोखोला लगायतका ठाउँमा भएको पहिरो रोकथामका कामको पनि मन्त्री लम्सालले निरिक्षण गर्नुभयो । मन्त्री लम्सालले सरकारको उच्च प्राथमिकतामा रहेको उत्तर–दक्षिण जोड्ने कोरला सडकलाई जतिसक्दो छिटो सम्पन्न गर्नका लागि समस्या पहिचानका लागि स्थलगत निरिक्षणमा आएको र मन्त्रालय तहबाटै समाधानको प्रयास भइरहेको बताउनुभयो ।

“तपाईंहरू ढुक्कले काम गर्नुस्, टेन्डर खोल्नुपर्ने भए खोल्नुस्, बजेट छैन भनेर रोकिनु पर्दैन,” उहाँले निर्देशन दिनुभयो, “काम नगर्ने निर्माण व्यवसायीको ठेक्का रद्द गर्नुस् र काम गरिरहेकालाई छिटोछरितो काम गर्ने वातावरण मिलाउनुस् ।”

सडक भविष्यमा चार लेनको हुने भएकाले बस्ती रहेका स्थानमा सडक चौडा गर्न समस्या भएका स्थानमा ‘डाइभर्सन’ गरी वैकल्पिक उपायहरु अवलम्बन गर्नुपर्ने बताउनुभयो । उहाँले रघुगंगा गाउँपालिका–३ तिल्केनीचौर स्थित राहुघाट जलविद्युत आयोजनाको विद्युतगृह अगाडीको कालोपत्र हुन बाँकी सडकलाई पनि छिटो सम्पन्न गर्न आयोजनाका अधिकारीहरुलाई निर्देशन दिनुभएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...