जिल्ला प्रहरी कार्यालय म्याग्दीमा नागरिक सहायता कक्ष भवन निर्माण

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

म्याग्दी, ः जिल्ला प्रहरी कार्यालय म्याग्दीको परिसरमा नागरिक सहायता र प्रहरी परिचालन कक्षको भवन निर्माण भएको छ ।

रु. ३५ लाख बराबरको निर्माण सामग्री र सहयोग जुटाएर दुई तले भवन निर्माण गरेको कार्यालयले जनाएको छ । गत पुष महिनादेखि शुरु भएको भवन निर्माण सम्पन्न गरेर बुधबारदेखि प्रयोगमा ल्याइएको प्रहरी नायव उपरीक्षक सुर्यबहादुर थापाले जानकारी दिनुभयो ।

“पुरानो साँघुरो भवनबाट सेवा प्रवाहमा असहज भएपछि त्यसलाई भत्काएर नयाँ बनाइएको हो,” उहाँले भन्नुभयो “सरकारी निकायको बजेट खर्च नगरी म्याग्दीमा निर्माणाधिन जलविद्युत आयोजना र दाताहरुको सहयोगबाट भवनका साथै प्रवेशद्धार र शौचालय निर्माण भएको छ ।”

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

३८ जना दाताहरुले उपलब्ध गराएको निर्माण सामग्री, नगदको विवरण भवनमा सूचना पाटी बनाएर सार्वजनिक गरिएको छ । नयाँ भवनको भुई तलामा सहायता कक्ष छ भने पहिलो तलामा बहुउद्देश्यीय सभाहल तथा बैठक कक्ष बनाइएको छ ।

म्याग्दीखोला जलविद्युत आयोजनाको प्रर्वद्धक हाइड्रो भिलेजले रु. चार लाख ७२ हजार चार सय ७८, कालीगण्डकी गर्जले रु. चार लाख, मध्य कालीगण्डकी जलविद्युत आयोजनाबाट रु. दुई लाख २७ हजार एक सय ५०, डाडाखेत–राहुघाट प्रशारण लाइनबाट रु. एक लाख ५५ हजार, चितवन इनर्जीबाट रु. एक लाख ५३ हजार हजार बराबरको निर्माण सामग्री प्राप्त भएको कार्यालयले जनाएको छ ।

भवन निर्माणमा मजदुहरुको अलावा प्रहरी, कर्मचारी र निर्वाचन प्रहरीहरुले पनि श्रमदान गरेका प्रनाउ थापाले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...