मंगलाको आरकुटीमा करेन्ट लागेर एक जनाको मृत्यु

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, म्याग्दीको मंगला गाउँपालिका–४ बरंजा, आरकुटीमा आइतबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आरकुटीका ६५ वर्षीय राजेन्द्र राज विश्वकर्माको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

प्रहरी निरीक्षक सागर पौडेलका अनुसार ११ के.भी. क्षमताको प्रशारण लाइनको तार सर्ट भई पोलको सपोटिङ तारमा विद्युत प्रवाह भईरहेको अवस्थामा बाटोमा हिडिरहेका राजेन्द्रले छुन पुग्दा करेन्ट लागेको हो ।

प्रहरी निरीक्षक पौडेलको नेतृत्वमा घटनास्थलमा पुगेको प्रहरी टोलीले मृतक राजेन्द्रको शव परिक्षणका लागि बेनी अस्पतालमा ल्याएको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...