कृष्णगंगा सहकारीको साधारणसभा

Gandaki Ghumau

बेनी, । पर्वतको जलजला गाउँपालिका ७ मिलनचोकमा रहेको कृष्णगंगा बहुउद्देश्यीय सहकारी संस्थाको १६ औ साधारणसभा शनिबार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष गोविन्दराज जैसीको अध्यक्षता, राष्ट्रिय सहकारी बैंकको सञ्चालक समिति सदस्य रामबहादुर जिसीको प्रमुख आतिथ्यता, सचिव भोजराज आचार्यको सञ्चालन र उपाध्यक्ष रुद्रलाल उपाध्यायको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

Gunasthariya Shiksya

एक हजार पाँच जना सदस्यको रु. तीन करोड ३८ लाख ७३ हजार सात सय सेयर पुजि रहेको सहकारीमा गत आर्थिक वर्षमा बचत रु. १४ करोड ७८ लाख २३ हजार ७९० र ऋण लगानी रु. १६ करोड पाँच लाख ९९ हजार एक सय ९५ रहेको छ । रु. दुई करोड ४० लाख ८३ हजार पाँच सय ३५ आम्दानी र रु. एक करोड ९७ लाख ९५ हजार र दुई सय ९१ खर्च भएको थियो ।

Shreekrishna

साधारणसभाको अवसरमा विविध शिर्षकमा उत्कृष्ट बचतकर्ताहरुलाई सम्मान गरिएको थियो । धौलागिरी क्षेत्रमै चालु आर्थिक वर्षको पहिलो साधारणसभा गरेको प्रबन्धक ओमप्रकाश शर्माले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...