स्याउ भण्डारणका लागि चिस्यानगृह प्रभावकारी

Gandaki Ghumau

मार्फा ः चिस्यान गृहमा भण्डारण गर्ने सुविधा भएपछि मुस्ताङका कृषकको स्याउ कुहिएर फाल्नुपर्ने समस्या हट्न थालेको छ ।

याममा ब्यापारिले भनेको मूल्यमा बेच्नुपर्ने र बढी मूल्य पार्न लामो समय खुल्ला ठाउँमा भण्डारण गरेर राख्दा स्याउ कुहिएर क्षति ब्यहोर्नुपर्ने समस्या हटेको हो । घरपझोङ गाउँपालिका–२ मार्फाका राजु लालचनले सुरक्षित भण्डारण गर्ने सुविधा भएपछि कृषकले भनेको मूल्य र बजार दुवै पाउन थालेको बताउनुभयो ।

“पहिले बोटबाट टिपेको स्याउ आफ्नै तरिकाले भण्डारण गरेर राख्दा ७० प्रतिशत भन्दा बढी कुहिएर फाल्नुपर्ने समस्या थियो,” उहाँले भन्नुभयो “सिजनमा प्रतिकिलो रु. ९० देखि रु. १०० पर्ने स्याउ कोल्ड स्टोरमा राख्दा बेसिजनमा दोब्बर बढी मूल्य पार्न सकिन्छ ।”

Shreekrishna

चिस्यान गृहमा असोज देखि चैत सम्म स्याउ राख्दा पनि गुणस्तर, आकार र तौलमा कुनै फरक नआउने मार्फाका अर्का कृषक विश्व लालचनको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ जोन कार्यक्रमको ८५ प्रतिशत अनुदानमा राजुले यस वर्ष र विश्वले अघिल्लो वर्ष दश÷दश मेट्रिक्टन क्षमताको चिस्यानगृह बनाउनु भएको थियो ।

रु. १४ लाख लगानी भएको चिस्यानगृह बनाउन स्याउ जोनले रु. ११ लाख अनुदान दिएको थियो । “असोज–कात्तिकमा ब्यापारीले जति भन्यो त्यति मूल्यमा स्याउ बेच्नुपर्छ,” कृषक विश्व लालचनले भन्नुभयो “चार देखि पाँच महिना चिस्यान गृहमा राखेको स्याउ दोब्बर बढी मूल्यमा गाउँबाटै बिक्री हुन्छ ।”

चिस्यानगृह नहुँदा मुस्ताङका कृषकहरुले घरको कोठा, चिसो ठाउँमा स्याउ थुपारेर भण्डारण गर्दथे । त्यसरी राख्दा तापक्रम नमिलेर कुहिने गरेको थियो । बिक्री नहुने स्याउ घोडा, खच्चर, गाईगोरुलाई खुवाउने गरेका थिए ।

Gunasthariya Shiksya

स्याउलाई भण्डारण गरेर बेमौसममा बजारमा आपुर्ति गराउन मुस्ताङमा पाँच वटा चिस्यानगृह निर्माण गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका निमित्त प्रमुख नेत्र भट्टले बताउनुभयो ।

“वातावरण अनुकुल बनाउन उपकरण जडान भएको चिस्यानगृहमा भण्डारण गर्दा बजार नपाउने समस्या हट्नुका साथै बढी मूल्यमा बिक्री गर्न पाएका छन,” उहाँले भन्नुभयो “मुस्ताङमा प्रभावकारी भएकाले कोल्ड स्टोरको माग बढी छ ।”

गत आर्थिक वर्ष २०७९÷८० मा मुस्ताङको घरपझोङ गाउँपालिकाको मार्फामा हाइल्याड एग्रो फार्म र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको खिङ्गामा जिआर अर्गानिक एग्रो स्याउ फार्ममा १०÷१० हजार किलोग्राम क्षमताको चिस्यान गृह निर्माण भएको थियो ।

मुस्ताङको एक हजार ४७५ हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकोमा ५८० हेक्टर क्षेत्रफलमा लगाइएको स्याउ बोटले उत्पादन दिने गरेको छ । ३८ हेक्टर क्षेत्रफल जमिनमा इटलीबाट ल्याइएको उच्च घनत्वको स्याउ खेती भएको छ ।

गत वर्ष मुस्ताङमा छ हजार ६०० मेट्रिक टन स्याउ उत्पादन भएको थियो । रु. पचास करोड मूल्य बराबरको चार हजार ६२० मेट्रिक्टन स्याउ म्याग्दी, बागलुुङ, पोखरा, चितवन, बुटवल, काठमाडौ लगायतका सहरमा निकासी भएको थियो ।

बचैगामा प्रतिकिलो रु. १०० देखि रु. १२० का दरले स्याउ बिक्री भएको छ । रेडडेलिसियस, रोयल डेलिसियस, रिचारेड डेलिसियस र गोल्डेन डेलिसियस जातका स्याउ खेती भएको छ । मुुस्ताङका बगैचामा हिजोआज स्याउ टिप्ने, प्याकिङ गरेर बजार पठाउने चटारो छ ।

स्याउ पाकेपछि असोज १ गतेदेखि टिपेर बजार पठाउन थालिएको थियो । यसअघिको वर्षमा मंसिरसम्म स्याउ बोटमै हुुन्थ्यो । अहिले असोजमै सबैजसो बगैचाहरु रित्तिन थालेका छन् । नपाग्दै साउन भदौमै अग्रिम पैसा लिएर बगैचानै ब्यापारीलाई ठेक्का दिएका थिए ।

यसपाली स्याउ उत्पादन ४० प्रतिशतले घट्न सक्ने अनुुमान गरिएको कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुुख प्रकाश बस्ताकोटीले बताउनुुभयो । “फुल खेलेर परागसेचन हुुने समयमा धेरै बर्षा हुँदा फुलबाट स्याउको दाना कम लागेको छ,” उहाँले भन्नुुभयो “यसवर्ष स्याउको फुल फुल्ने समय वैशाख–जेठ महिनामा वर्षाले स्याउ बोटमा परागसेचन (पोलिनेशन)हुन पाएन् ।”

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...