ताकममा मिनिटेलर मर्मत सम्बन्धी तालिम शुरु

khali

ताकम, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा आइतबारदेखि मिनिटेलर मर्मत सम्बन्धी तालिम शुुरु भएको छ ।

पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले धवलागिरी गाउँपालिका र म्याग्दी उद्योग वाणिज्य संघको धवलागिरी ईकाईसँगको समन्वयमा दश दिने तालिम आयोजना गरेको हो ।

khali

खेत बारी जोत्ने मिनिटेलर मर्मतका लागि गाउँमै दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले आयोजित निशूल्क तालिममा १६ जनाको सहभागिता रहेको म्याग्दी उद्योग वाणिज्य संघ धवलागिरी इकाईका सभापति तेजेन्द्र थापाले बताउनुुभयो । दश दिनसम्म सञ्चालन हुने तालिमको इश्वर शर्माले सहजिकरण गर्नुुहुुने भएको छ ।

Shreekrishna hardwear in news

ताकमका वडा अध्यक्ष अशोक खत्रीको अध्यक्षता, वडा सदस्य रामबहादुर खत्रीको स्वागत र उद्योग वाणिज्य धवलागिरी इकाईका उपाध्यक्ष नरेश पौडेलले सञ्चालन गर्नुुभएको कार्यक्रमको पर्यटन तथा उद्योग कार्यालय म्याग्दीका प्रमुख पोषनाथ शर्माले उद्घाटन गर्नुुभएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...