ताकममा मिनिटेलर मर्मत सम्बन्धी तालिम शुरु

Gandaki Ghumau

ताकम, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा आइतबारदेखि मिनिटेलर मर्मत सम्बन्धी तालिम शुुरु भएको छ ।

पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले धवलागिरी गाउँपालिका र म्याग्दी उद्योग वाणिज्य संघको धवलागिरी ईकाईसँगको समन्वयमा दश दिने तालिम आयोजना गरेको हो ।

Gunasthariya Shiksya

खेत बारी जोत्ने मिनिटेलर मर्मतका लागि गाउँमै दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले आयोजित निशूल्क तालिममा १६ जनाको सहभागिता रहेको म्याग्दी उद्योग वाणिज्य संघ धवलागिरी इकाईका सभापति तेजेन्द्र थापाले बताउनुुभयो । दश दिनसम्म सञ्चालन हुने तालिमको इश्वर शर्माले सहजिकरण गर्नुुहुुने भएको छ ।

Shreekrishna

ताकमका वडा अध्यक्ष अशोक खत्रीको अध्यक्षता, वडा सदस्य रामबहादुर खत्रीको स्वागत र उद्योग वाणिज्य धवलागिरी इकाईका उपाध्यक्ष नरेश पौडेलले सञ्चालन गर्नुुभएको कार्यक्रमको पर्यटन तथा उद्योग कार्यालय म्याग्दीका प्रमुख पोषनाथ शर्माले उद्घाटन गर्नुुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...