बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिकाका मृगौला र स्तन क्यान्सर सम्बन्धी समस्याबाट थलिएका दुई जना महिलालाई प्रवासीबाट करिब रु. तीन लाख आर्थिक सहयोग प्राप्त भएको छ ।
धवलागिरी गाउँपालिका कल्याणकारी सम्पर्क मञ्च यु.के.ले वडा नम्बर २ लुलाङकी मृगौला पिडित होममाया बिक र वडा नम्बर ६ की स्तन क्यान्सर पिडित नरमति गर्बुजाको उपचारका लागि आर्थिक सहयोग गरेको हो ।
मञ्चले बेलायतबाट पठाएको रु. एक लाख ४९ हजार २६० बुधबार खुम पुनले पोखरामा होममाया बिकलाई हस्तान्तरण गर्नुभयो । यसैगरी धवलागिरी गाउँपालिका काठमाडौ सम्पर्क मञ्चका अध्यक्ष लिलबहादुर पुन र सचिव ओमलाल सुवेदीले काठमाडौमा गर्बुजालाई काठमाडौमा रु. एक लाख ४९ हजार २५९ हस्तान्तरण गर्नुभएको छ । भलिबल खेलाडी समेत रहेकी विकले पोखरामा डायलाइसीस गराइरहनु भएको छ । गर्बुजा भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत हुनुहुन्छ ।
सहयोग दाताहरुको नामावली यसप्रकार रहेको छ ।
1. Padam Garbuja. £20 2. Tara Roka Magar. £20 3. Pahalman Gharti. £20 4. Bill Purja. £20 5. Kumar Phagami £20 6. Mandip Jugjali £20 7.Bishnu Bhandari £20 8. Umesh Rana £30 9. Sam gurung £20 10. Ram Tilija £15 11. Balram Pun £20 12. Nanda Roka £35 13. Lal Pun £30 14. Arjun pun £15 15. Dhan Gharti £20 16. Seela Thapa £20 17. Rabin pun £20 18. Sarman Gharti £30 19. Durga D pun £20 20.Purna sherchan £15 21. Raju Sherchan £30 22. Ratna Sahi £20 23. Guna Pun. £20 24.Bagbir Chochange £15 25. Prabin Rana £20 26. Dal Roka. £20 27. Tham Roka (85) £20 28. Chitra budha £20 29. Bed Purja £20 30. Subarna Thapa £20 31. ANANDA subedi £20 32. Dhana Roka. £15 33. Dhankumar Budha £20 34. Khim pun £20 35. Raj purja £20 36. Amar Roka £20 37. Jori Gharti. £21 38.Padam Budha£20 39. Kishor Chhantyal £20 40. Krishna jugjali £ 20 41. Babin Chhantyal £20 42. Giri Bahik £20 43.laxman garbuja pun£20 44. Sarita Rai £21 45.karna Jugjali £20 46.Tara garbuja £20 47. Gyanbahadur Pun £15 48. Ghanasyam Pun £20 49. Nang Psd Phagami £20 50. Lal Bdr Pun. £20 51. Gopal Chhantyal £40 52. Om Psd Rana £20 53. Taklal pun £20 54. Tek Budhathoki £15 55. Mim Chhantyal £20 56. Kat Bdr Garbuja £20 57. Dhruba Rai. £15 58. Dil Thapa magar £20 59. Sher Chhantyal £30 60. Ganga Purja. £15 61. Tanka Sherchan £21 62. Bhom pun. £21 63. Sher Gharti. £25 64. Ghan Thapa magar £20. 65. Purna Garbuja £20 66.Kamala Gharti £20 67. Nunu Paija. £15 68. Bal purja. £20 69. Devi Roka £20 70. Dut Pun. £20 71. Khagendra Purja £30 72. Tulchandra Tilija £20 73. Sher Chhantyal £20 74. Dil Kumari Thakali £30 75. Chanda Thakali. £20 76. Tika bdr purja. £20 77. Harku Garbuja. £20 78.Raju phagami. £20 79. Dal Jugjali. £21 80. Man Bdr Pun. £20 81. Bishnu Chhantyal £20 82. Bishnu & Nirmala Pun £50 83. Khusiman Rana. £21 84. Durga Pun. £100
दुवैको परिवारको आर्थिक अवस्था कमजोर भएको र उपचारका लागि मँहगो खर्च लाग्ने भएकाले बेलायतमा रहेका धवलागिरी गाउँपालिकामा जन्मथलो भएका र अन्य दाताहरुबाट चन्दा संकलन गरि सहयोग गरिएको मञ्चका सचिव तारा रोका मगरले जानकारी दिनुभयो ।
धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बिक र गर्बुजाको उपचारका लागि आर्थिक स्रोत जुटाउन स्थानीय स्तरका साथै प्रवासीहरुसँग पनि समन्वय गरिएको बताउनुभयो । धवलागिरी गाउँपालिकामा जन्मिएर पेशा, व्यवसाय, अध्ययन र रोजगारीको शिलशिलामा बेलायतमा पुगेकाहरुले पदम गर्बुजा अध्यक्ष रहनुभएको मञ्च मार्फत विभिन्न सामाजिक गतिबिधि गर्दै आएका छन् ।