झिँ र पाखापानीका कृषकलाई किवीका बिरुवा वितरण

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँ र ६ पाखापानीका कृषकहरुलाई किविका बिरुवा वितरण गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाले सञ्चालन गरेको सामुदायिक जिविकोपार्जन प्रर्वद्धन कार्यक्रम मार्फत ५९ घरधुरीलाई हेवर्ड जातका किविका बिरुवा निशूल्क वितरण गरिएको हो । रेडक्रस सोसाइटी म्याग्दीका सभापनि अमर बानियाले झिँका २१ र पाखापानीका ३८ घरधुरीलाई एक हजार २२ वटा किवीका बिरुवा वितरण गरिएको जानकारी दिनुभयो ।

झिँ, पाखापानी, कमनाथ, ठाडाखानी, रायखोर, कोटगाउँ, मुलपानीका कृषकलाई उपलब्ध जग्गा र मागको आधारमा प्रति घर कम्तिमा १५ वटा बिरुवा उपलब्ध गराइएको छ । प्राविधिकहरुको टोलीले गरेको माटो परिक्षणको प्रतिवेदन, सिफारिस र कृषकको मागको आधारमा बिरुवा वितरण गरिएको हो ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

“विपन्नलाई आयआर्जनसँग जोडेर जिवनस्तर सुधार गर्ने कार्यक्रमको उद्देश्य हो,” उहाँले भन्नुभयो “किवीका अलावा उच्च आम्दानी हुने दाँते ओखर, सुन्तला, टिम्मुरका बिरुवा वितरण, तरकारी खेतीमा पनि सघाएका छौ ।”

माटो, भूगोल र हावापानी उपयुक्त भएकाले किवी खेतीका लागि विरुवा उपलब्ध गराइएको हो । यसअघि रघुगंगा गाउँपालिकाको बेग, दग्नाम र चिमखोलामा तीन वर्ष आइरिस रेडक्रसको सहयोगमा सञ्चालन भएको कार्यक्रम यस वर्षदेखि झिँ र पाखापानीमा शुरु भएको हो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...