कालीपुल बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन

Gandaki Ghumau

बेनी, । म्याग्दी जिल्ला भित्र्ने प्रमुख नाका कालीपुल बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन भएको छ ।

जिल्ला प्रहरी र ट्राफिक प्रहरी कार्यालयले शुक्रबार स्थापना गरेको सहायता कक्षको प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले उद्घाटन गर्नुभयो ।

दशै, तिहार, छठ लगायत चाडपर्वमा समस्या तथा अलपत्र परेका यात्रुलाई गन्तब्यमा पुग्न सघाउने, ठगी नियन्त्रण र दुर्घटना न्युनीकरणका लागि सहायता कक्ष स्थापना गरेको ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक इन्द्रजंग थापाले बताउनुभयो ।

Shreekrishna

“यात्रुले गाडी नपाउने, तोकिएको भन्दा बढी भाडा तिर्नुपर्ने, अलपत्र पर्ने समस्या आउन नदिन सहायता कक्षमा नियमित सुरक्षाकर्मी परिचालन गछौ,” उहाँले भन्नुभयो “यात्रुले गर्ने गुनासोको तत्कालै सम्बोधन हुन्छ ।”

Gunasthariya Shiksya

कालीपुल पर्वत हुदै म्याग्दी भित्र्ने र मुस्ताङ जाने नाकामा पर्छ । यो नाका भएर चाडपर्वको समयमा मुस्ताङ जाने आउने पर्यटक, यात्रु र भक्तजनको पनि चाप बढ्ने गर्छ । प्रहरी नायव उपरीक्षक तिलक भारतीले चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयन थालिएको बताउनुभयो ।

चोरी, ठगी, लुटपाट, कुटपिट नियन्त्रणसँगै दुर्घटना न्युनीकरणका लागि सवारी चेकजाँचमा जोड दिइएको प्रनाउ भारतीले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी रानाले चाडपर्वसँगै प्रतिनिधी तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि तयार पारिएको सुरक्षा योजना सरोकारवालासँगको समन्वयमा प्रभावकारी कार्यान्वयन गरिने बताउनुभयो ।

बेनी यातायात प्रा.ली.का महासचिव कुमार थापाले राज्यको नीति नियममा रहेर व्यवसाय सञ्चालन गरेका व्यवसायीले चाडपर्वमा यात्रुलाई सहज र सुरक्षित रुपमा यातायात सेवा उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...