अन्नपूर्णमा एक वर्षमा करिब १६ किलोमिटर सडक निर्माण

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०७८÷७९ मा करिब १६ किलोमिटर सडकको नयाँ मार्ग खोलेको छ ।

सडक निर्माण र स्तरोन्नतिमा जोड दिएको अन्नपूर्ण गाउँपालिकाको विभिन्न ठाउँमा एक वर्षको अवधिमा १५.९४ किलोमिटर सडकको मार्ग खोलिएको पूर्वाधार शाखाले जनाएको छ ।
गाउँपालिकाका ईञ्जिनियर ईश्वरबहादुर भण्डारीले ३२० मिटर सडकमा ग्राभेल, ५४२.५३ मिटर सोलिङ, २३४ मिटर सडकमा आरसिसी ढलान र कजवे निर्माण, ६ वटा कल्भर्ट, ५७.४ मिटर नाली निर्माण भएको जानकारी दिनुभयो ।

खिवाङ–घराम्दी र राम्चे–घोडेपानी जोड्ने सडकको मार्ग निर्माण तथा महभिर–हिस्तान–राम्चे सडक स्तरोन्नतिलाई प्राथमिकता दिइएको थियो । घोडेपानीबाट फुलबारी र राम्चेबाट आहालडाडाबाट सडक निर्माण थालिएको छ । खिवाङ तर्फबाट घराम्दी जोड्ने सडकको मार्ग खोल्ने उद्देश्यले सडक निर्माण भएको छ ।

Shreekrishna

दुई हजार ८७४.८ घनमिटर ग्यावीयन पर्खाल र १३२.५३ घनमिटर रिटेनिंग पर्खाल निर्माण भएको छ । वडा नम्बर ४ र ५ मा २÷२ वटा र १ मा एक वटा झोलुङ्ग पुल निर्माण भएको छ ।
गाउँपालिकाको कार्यक्रमबाट एक हजार २२४.०५ मिटर नयाँ पदमार्ग निर्माण र दुई हजार ८९६.७५ मिटर पदमार्ग स्तरोन्नति भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत दुई हजार ५०० मिटर पदमार्ग निर्माण भएको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

यस वर्ष १९ घरमा नयाँ धारा जडान, ११ हजार ४४७.६ मिटर खानेपानी लाइन विस्तार, ३३ हजार लिटर क्षमताका टंकी निर्माण, ढल निकासका लागि ७२६ मिटर पाइपलाइन विस्तार र १२ वटा च्याम्बर बनाइएको छ ।

सामुदायिक तथा विद्यालय, मन्दिर, सभाहल र शौचालय २४ वटा निर्माण र १३ वटा मर्मत भएको छ । सरकारी अनुदानमा मनसुनजन्य विपद् प्रभावितको ८ वटा घर निर्माण भएको छ ।

दुई वटा प्रवेशद्धार र एक वटा पार्क निर्माण भएको छ । पूर्वाधार सम्बन्धी १६४ वटा योजना रहेकोमा १६१ वटा सम्पन्न भएका गाउँपालिकाका सूचना अधिकारी हरिकृष्ण आचार्यले बताउनुभयो ।
उहाँका अनुसार निर्माण व्यवसायीले काम नगरेपछि रु. पचास लाख बिनियोजन भएको खिवाङ खानेपानी आयोजनाको ठेक्का रद्द गरिएको छ । ३ वटा योजनाको ठेक्का सम्झौता गरिएको थियो । लेखापाल प्रेम पराजुलीले गत आर्थिक वर्षमा चालुतर्फ ७७.९६ र पुजिगततर्फ ७८.०६ प्रतिशत प्रगति भएको जानकारी दिनुभयो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...