बेनपा ७ मा चौतारी पोखरी संरक्षण अभियान

Gandaki Kotihome

बेनी, । बेनी नगरपालिका–७ मा चौतारी पोखरी संरक्षण अभियान थालिएको छ ।

वडाको विभिन्न ठाउँमा रहेका पुराना चौतारी र पोखरीको पहिचान गरेर मर्मत गरी संरक्षण थालिएको छ । वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले जिर्ण बनेका चौतारी र पोखरी मर्मत थालिएको जानकारी दिनुभयो ।

“हाम्रो वडामा १८ वटा चौतारी र एक वटा पोखरी पहिचान गरेका छौ,” उहाँले भन्नुभयो “धार्मिक, जैविक विबिधताको संरक्षण र विश्रामको सुविधाका लागि जिर्ण चौतारीको पुननिर्माण गर्न थालेका हौ ।”

Upper Myagdi transmition line notice

चालू आर्थिक वर्षमा बिनियोजन भएको रु. एक लख २७ हजार बजेटबाट मालपोत कार्यालय अगाडीको चौतारी मर्मत थालिएको छ । आगामी आर्थिक वर्षमा थप बजेटको ब्यवस्थापन गरेर वडाका सवै चौतारी मर्मत र संरक्षण गरिने वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

Annapurna aarohan ko notice

फुर्सदको समयमा वडा अध्यक्ष आफै चौतारी मर्मत र संरक्षणको काममा श्रमदान गर्नुभएको छ । बुधबार दिउँसो श्रेष्ठले मालापोत अगाडीको मर्मतको क्रममा रहेको चौतारीमा निर्माण भएको पर्खालमा पानी हालेर क्युरीङ गर्दै गरेको अवस्थामा भेटिनुभएको थियो ।

चौतारी बनाएका दाताहरुसँग समन्वय गरेर मर्मत थालिएको उपभोक्ता समितिका सदस्य रहमद खानले बताउनुभयो । चौतारी र पोखरीको भत्कीएका पर्खाल पुननिर्माण गरेर मर्मत गरिने उहाँले बताउनुभयो ।

बटुवा, भरियाहरुको विश्रामका लागि चौतारी बनाउने र बर पिपलका रुख रोप्ने चलन पछिल्लो समय सडक विस्तार तथा समाजिक परिवर्तनसँगै हराउदै गएको छ । परम्परागत समाजमा धर्म र पुण्यका लागि चौतारा बनाउने चलन थियो । त्यसबेला बनाएका पोखरीहरु अहिले झाडीमा परिणत भएका छन् ।

फेरिएको परिवेशमा चौतारीलाई विश्रामस्थल, प्रतिक्षालय र धार्मिक स्थलको रुपमा विकास गराउने योजना रहेको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो । चौतारीसँगै पुजा गर्ने ठाउँ बनाएमा मानिसहरुले फोहोर नगर्ने र सरसफाई कायम गर्न सकिने उहाँले बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...