बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिकामा शुक्रबार भएको स्थानीय तह चुनावमा ६५ प्रतिशत मत खसेको छ ।
कुल १३ हजार ९४७ जना मतदाता रहेकोमा नौ हजार ११३ मत खसेको निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले जानकारी दिनुभयो ।
आठ वटा वडा रहेको रघुगंगामा १४ मतदान स्थल र १९ मतदान केन्द्र छन् । निर्वाचित हुने ४२ पदका लागि १३५ जना उमेद्वार चुनावी प्रतिस्पर्धामा छन् ।
मतदान केन्द्रबाट रातीसम्म मतपेटिका संकलन भइसक्ने र त्यसपछि मतगणना गरिने निर्वाचन अधिकृत पौडेलले बताउनुभयो ।