माओवादीको प्रचार टोली देविस्थान, दर्मिजा र धापुङ्गमा

Gandaki Kotihome

बेनी, २२ वैशाख । स्थानीय तह चुनाव प्रचारका क्रममा बिहिबार नेकपा (माओवादी केन्द्र)ले म्याग्दीका विभिन्न स्थानमा घरदैलो, मतदाता भेटघाट र चुनावी सभा गरेका छन् ।

मालिका गाउँपालिकाको वडा नम्बर ५ पन्थोक, मगरदाङ, रुम, रघुगंगा गाउँपालिकाको दर्मीजा र चिमखोला र मंगला गाउँपालिकाको वडा नम्बर ४ धापुङ्गमा चुनावी कार्यक्रम गरेका हुन् ।

मालिकाको मगरदाङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका गाउँपालिका अध्यक्षका उमेद्वार रेशम जुग्जालीले मालिका गाउँपालिकामा शुसासन र विकासमा नमुना बनाउने प्रतिवद्धता जनाउनुभयो ।

Upper Myagdi transmition line notice

“दुर्गम गाउँबाट कछाड लगाएर गाउँपालिकामा आउने सेवाग्राहीले पनि कसैको भनसुन बिनै सहजै सेवा पाउने बनाउछु,” उहाँले भन्नुभयो “व्यवस्थित, सन्तुलित पूर्वाधार विकास, आर्थिक, सामाजिक रुपान्तरणमा जोड दिन्छौ ।”

Annapurna aarohan ko notice

गाउँपालिका उपाध्यक्ष गौरी सेञ्चुरीले सडक, भवन, विद्युत, खानेपानी लगायत भौतिक विकाससँगै स्थानीयबासीलाई कृषि, पशुपालन, लघुउद्यम मार्फत आत्मनिर्भर बनाउने बताउनुभयो । वडा अध्यक्षका उमेद्वार विनोद रानाले वडावासीलाई सहज रुपमा सेवा दिने, दुख सुखमा साथ दिने, विकासमा युवा परिचालन गरी स्वरोजगार बनाउने बताउनुभयो ।

रघुगंगा गाउँपालिकामा माओवादीका अध्यक्षका उमेद्वार मिना विक, उपाध्यक्षका उमेद्वार रिम कटुवाल, वडा नम्बर ४ का अध्यक्षका उमेद्वार विप्रसाद गर्बुजा, गण्डकी प्रदेश सभा सदस्य बिनोद केसी र वडा सदस्यका उमेद्वारहरुले दर्मीजामा घरदैलो र चुनावी सभा गर्नुभएको छ ।

माओवादी जनयुद्धको परिकल्पना अनुसार आएको संघीय ब्यवस्थाले पहिले वार्षिक दश विस लाख बजेट आउने ठाउँमा अहिले वार्षिक करोडौको बजेट आएर विकासले तिब्रता पाएकोले माओवादीलाई जिताउन आग्रह गर्नुभयो ।

मंगला गाउँपालिका अध्यक्षका उमेद्वार टेकबहादुर बिक, उपाध्यक्षका उमेद्वार सुकमाया रोका, वडा नम्बर ४ का अध्यक्षका उमेद्वार मनमाया चोचाङ्गी लगायतको टोलीले धापुङमा घरदैलो र चुनाव प्रचारप्रसार गर्नुभएको छ ।

माओवादीका गण्डकी प्रदेश सहसचिव समेत रहेका विकले अहिलेको संघीय, समावेशी र समानुपातिक नीति माओवादीको भएकाले माओवादीलाईनै मतदान गर्नुपर्ने बताउनुभयो । चुनाव प्रचारका क्रममा उमेद्वारहरुले स्थानीय सडक स्तरोन्नति, खानेपानी सुविधा विस्तार, विद्युत सेवालाई गुणस्तरीय बनाउने, विद्यालयको शैक्षिक अवस्था सुधार गर्ने, स्वास्थ्य सेवालाई सहज बनाउने र रोजगारी सिर्जना तथा आयआर्जन वृद्धिमा जोड दिने प्रतिवद्धता जनाउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...