एमालेका उमेद्वारको दुखुमा चुनावी सभा

Gandaki Ghumau

बेनी, । नेकपा एमालेका उमेद्वारहरुले सोमबार मालिका गाउँपालिका–६ दुखुवेशी र लेकगाउँमा चुनावी सभा गरेका छन् ।

दुखुलेक र बेंसीमा घरेदैलो तथा मतदाता भेटघाटसहित चुनाबी सभा गरेका हुन् । गाउँपालिका कमिटीका अध्यक्ष एवं पालिका अध्यक्षका उम्मेदवार वेगप्रसाद गर्बुजाले मालिका गाउँपालिकाको समृद्धि र विकासका लागि आफ्नो नेतृत्वमा एमालेको टिम चुनाबी मैदानमा होमिएको बताउनुभयो ।

‘स्रोतसाधनको परिचालन गरी युवा स्वरोजगारको सिर्जना गर्ने भन्दै समग्र मालिकावासीको उत्थान र समृद्धिका लागि एमालेले जित्नैपर्छ,’ उहाँले भन्नुभयो ‘पर्यटन, कृषि, जडिबुटी, खानी लगायतको उत्खनन् गरी पालिकाको विकासमा परिचालन गर्छौ ।’

Shreekrishna
Gunasthariya Shiksya

एमाले म्याग्दीका जिल्ला सचिवालय सदस्य एवं मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले एमालेलाई पहिलो शक्तिका रुपमा स्थापित गर्नका लागि मतदातासमक्ष भोट दिएर जिताउन आग्रह गर्नुभएको छ ।

गाउँपालिकाको उपाध्यक्षका उम्मेदवार लक्ष्मी पुनले महिला हक अधिकारको प्रभावकारी रुपमा कार्यान्वयन गरी उनीहरुलाई विभिन्न आयआर्जन र आत्मनिर्भरको क्षेत्रमा अगाडि बढाउने आफूको योजना रहेको सुनाउनुभयो ।

कार्यक्रममा वडा ध्यक्षका उम्मेदवार पथबहादुर रोका, सदस्यका उम्मेदवारहरु गौमती चपाई, छरदेवी घर्ती, नगेन्द्र निउरे र सतदेवी दर्जीले पनि मतदातालाई भेटेर आफ्नो पक्षमा भोट मागेका छन् । एमाले वडा कमिटी अध्यक्ष तारामान रोकाको अध्यक्षता, गाउँपालिका कमिटी सचिव सन्तनाथ सुवेदी र सदस्य रघुनाथ न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...