डाडाखेतमा सवस्टेशन निर्माण शुरु

Gandaki Pardesh notice

बिम,। म्याग्दीको मालिका गाउँपालिका–७ डाडाखेतमा १३२ केभी क्षमताको सवस्टेशन निर्माण शुरु भएको छ ।

नेपाल बिद्युत प्राधिकरणले डाडाखेत देखि रघुगंगा गाउँपालिका–३ अम्वाङ जोड्ने प्रशारण लाइन र दुबै ठाउँमा सवस्टेशन निर्माण थालेको हो । मालिका–७ का वडा अध्यक्ष रेशम जुग्जाली (सुविन)ले डाडाखेतमा सवस्टेशन बनाउन जग्गा सम्माउने काम शुरु भएको जानकारी दिनुभयो ।

“पहिलो चरणमा घेरावार र भवन निर्माण भइसकेको छ,” उहाँले भन्नुभयो “सवस्टेशनका उपकरण राख्नका लागि जग्गा सम्माउने काम भैरहेको छ ।” सन २०२१ को डिसेम्वर ३१ म भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो (एलएनटी)सँग २६ मिलियन अमेरिकी डलरमा सवस्टेशन र प्रशारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भएको थियो ।

Shreekrishna hardwear in news

आयोजना प्रमुख रोशन अग्रवालले सम्झौता लगत्तै डिजाइन सकेर ठेकेदारले प्रारम्भिक चरणको पूर्वाधार निर्माण थालेको बताउनुभयो । आयोजनाको ठेक्का अवधी ३० महिनाको छ । म्याग्दीको पश्चिमी क्षेत्र भएर बग्ने म्याग्दी र मध्य भूगोलबाट बग्ने राहुघाट तथा आसपासका नदीमा निर्माणको चरणमा रहेका जलविद्युत आयोजनाबाट उत्पादीत बिद्युत केन्द्रिय प्रशारण लाइनमा जोड्न प्रशारण लाइन र सबस्टेशन बनाउन लागिएको हो ।

Bhautik ministry notice about road

२५ किलोमिटर दुरिको १२ केभी क्षमताको डबल सर्किट प्रशारण लाइनको ९० वटा टावर निर्माण हुनेछन् । डाडाखेत सबस्टेशनमा १३३÷३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रबिधिको उपकरण जडान गरिने भएको छ । २२०÷१३२÷३३ केभी, २०० एमभिए क्षमताको उपकरण जडान हुने राहुघाट सबस्टेशन जिआइएस प्रबिधीको हुने आयोजना प्रमुख अग्रवालले बताउनुभयो ।

एशियाली बिकास बैंकको ऋणमा प्रशारण लाइन र सबस्टेशन निर्माण गर्न लागिएको हो । डाडाखेतमा सबस्टेशन बनाउन चार बर्षअघि ५१ रोपनी र राहुघाटको अम्बाङमा करिब ९० रोपनी जग्गा अधिग्रहण गरेर प्रारम्भिक चरणको पुर्बाधार निर्माण भएको छ ।

दुबै ठाउँमा जग्गा ब्यवस्थापन, घेराबार, पहुँचमार्गका साथै डाडाखेतमा गार्ड र कर्मचारी आवास गृह भवन समेत निर्माण भएको छ । म्याग्दी नदीमा १७२.८ मेगावाट क्षमताको चार वटा जलबिद्युत आयोजना निर्माण शुरु भएका छन् ।

संसारको सातौ अग्लो धवलागिरी हिमालको फेदीबाट बग्ने म्याग्दी नदीमा दुई वटा आयोजनाले पुर्बाधार निर्माण शुरु गरेका छन् । थप दुई वटा आयोजनाले लगानी जुटाएर पूर्वाधार निर्माणको तयारी गरेका हुन् ।

सवस्टेशन र राहुघाट जोड्ने प्रशारण लाइन निर्माणको तयारी भएसँगै अनुमति लिएर बसेका प्रर्वद्धकहरु सक्रिय भएका छन् । गैरआवासीय नेपालीहरुको अगुवाईमा धौलागिरी कालिका हाइड्रोले २५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलबिद्युत आयोजनाको सुुरुङ निर्माण थालेको छ । धवलागिरी गाउँपालिका–४ मा हाइड्रो इम्पायर प्रा.ली काठमाडौले निर्माण गर्न लागेको ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलबिद्युत आयोजनाले विस्तृत अध्ययन सकेर पहुँचमार्ग निर्माण गरिरहेको छ ।

धवलागिरी गाउँपालिका–४ मै भिजन हाइड्रो प्रालिले ५७.३ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत आयोजनाको संरचना तयारी शुरु गर्ने तयारी गरेको छ । अप्पर हाइड्रोपावर प्रा.ली काठमाडौलले धवलागिरी र मालिका गाउँपालिकाको भूगोलमा बनाउन लागेको ५३.५ मेगावाट क्षमत्ताको अपर म्याग्दी–१ जलविद्युत आयोजना निर्माण स्थलमा सडक र बिद्युत सुबिधा पु¥याउने काम भैरहेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...