जेसिजका पदाधीकारीहरुलाई तालिम

Gandaki Ghumau

बेनी । बेनी नगरपालिका–४ सिंगा तातोपानीमा म्याग्दी जेसिजका पदाधीकारीहरुका लागि शनिबार तालिम सम्पन्न भएको छ ।

म्याग्दी जेसिजका शाखा अध्यक्ष सन्दिप खत्रीको अध्यक्षतामा भएको तालिममा प्रमुख अतिथि शाखाका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठ, नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष धनञ्जयकुमार श्रेष्ठ, नेपाल जेसीजका पूर्व राष्ट्रिय कानुनी सल्लाहकार सुदीप राजभण्डारी, म्याग्दी जेसीजका पूर्व अध्यक्ष विनय श्रेष्ठले सहजिकरण गर्नुभएको थियो ।

Shreekrishna
Gunasthariya Shiksya

महासचिब बिष्मा श्रेष्ठले सञ्चालन गर्नुभएको तालिमको स्वागत तालिम संयोजक कृष्णप्रसाद पौडेलले गर्नुभएको थियो भने म्याग्दी जेसिजका पुर्ब अध्यक्ष खम थापा लगायत नबनिर्बाचित शाखाका पदाधीकारीहरुको उपस्थिति थियो ।

नव निर्वाचित शाखा पदाधिकारीहरुलाई संसदीय प्रणालीको बैठक सञ्चालन गर्ने विधि र पद्धती, पदाधिकारीको काम, कर्तव्य र अधिकार, लगायतको विषयमा प्रशिक्षण प्रदान गरिएको शाखा सम्पादक तथा प्रबक्ता दिनेशकुमार विश्वकर्माले जानकारी दिनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...